बोस्टन – नेपाली समुदायको उल्लेख्य बसोबास रहेको म्यासेचुसेट्स राज्यमा लोकप्रिय पुरानो नेपाली सामुदायिक संस्था ग्रेटर बोस्टन नेपाली समाज को अध्यक्षमा युवा अभियान्ता अर्जुन्जंग कुंवर निर्विरोध निर्वाचित भएका छन ।![](https://scontent-lga3-1.xx.fbcdn.net/v/t1.15752-9/43570822_1308649752602806_2270017102154825728_n.jpg?_nc_cat=105&oh=b91756424555ac5f0589977500ce7caf&oe=5C5B20AD)
एकता, भाईचारा र सामुदायिक सफलताको एउटा नमुना ग्रेटर बोस्टन नेपाली समाजमा स्थापना कालदेखी प्रथम उपाध्यक्ष हरेक बर्ष अध्यक्ष स्वत:चुनिने ब्यबस्था छ । राजनीति, पुर्वाग्रह र खिचातानीबाट टाढा रहेको जिबिएनसीका आफ्न केही कमजोरी हुंदाहुंदै पनि ‘हरेक बर्ष संस्थाको प्रथम उपाध्यक्ष आगामी एक बर्षको लागि संस्थाको अध्यक्ष चुनिने निर्विवाद परम्परा साच्चै नै अनुकरणीय छ ।![](https://scontent-lga3-1.xx.fbcdn.net/v/t1.15752-9/43618990_694735667573080_690500680997142528_n.jpg?_nc_cat=109&oh=3a3b4ad5171444a1f7c42de5cc77004c&oe=5C5FA2AE)
नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा अमेरिकी नेपाली समुदायमा सर्वाधिक उपस्थिती रहने ग्रेटर बोस्टन नेपाली समुदायसंगै हातेमालो गर्ने लोक संगित समुह ‘सुशेली’ को देउसी अमेरिकाभर चर्चित छ । आफ्नै सामुदायिक भावना निर्माणमा लागेको बोस्टनको नेपाली समुदायहरुमा विवादरहित प्रजातान्त्रिक तवरले संस्थाको पदाधिकारी चुनिने बिषयको राम्रो पक्ष अमेरिकामा सकृय अन्य नेपाली समुदायले ग्रहण गर्नु जरुरी छ ।![](https://scontent-lga3-1.xx.fbcdn.net/v/t1.15752-9/43741400_344890252722199_5015284653578256384_n.jpg?_nc_cat=101&oh=b4d8850ff53d90d2900e8f2b6866a4d6&oe=5C59BC70)
कोसेली ईभेन्ट्स मार्फत संगित र चलचित्र क्षेत्रमा सकृय नव निर्वाचित जिबीएनसीका अध्यक्ष कुंवर यति पुरानो र सम्मानित नेपाली समुदायको सम्भवत सबैभन्दा कान्छा सामुदायिक प्रमुख हुन ।![](https://scontent-lga3-1.xx.fbcdn.net/v/t1.15752-9/43579745_1941292209504015_8235761405404381184_n.jpg?_nc_cat=102&oh=7567f60a1e60e04f658bc8e643d7eb45&oe=5C46C31B)
तस्विर : सान प्रधान