२०८२ फागुन १९ गते | 3rd of March 2026

मिरा राईलाई ‘एशिया गेम चेन्जर अवार्ड’, राष्ट्रपति क्लिन्टन प्रमुख अतिथि

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ३१ गते ११:४१

सुरेश चाम्लिङ्ग/बोस्टन – अल्ट्रा धावक मिरा राईलाई अमेरिकाको बिभिन्न राज्यहरुमा सम्मान गरिएको छ। मिरा राईलाई न्युयोर्कमा एसिया सोसाइटीद्वारा एशिया गेम चेन्जर अवार्डद्वारा सम्मान गरिएको छ।

एसियाका अन्य देशका बिभिन्न ख्याती प्राप्त व्यक्तित्वहरु संगै मिरा राईलाई पनि सम्मान गरिएको थियो। जसमा पेप्सीकोलाका सीइओ भारतीय नागरिक इन्द्रा नोयी, चाइनाको युएन इन्भारोमेन्ट एम्बसाडर वाङ्ग शि, सिरियाको लडाईमा ह्वाइट हेल्मेट ग्रुप भनेर उद्दार गर्ने टिमका प्रमुख रैद सालेह, थाईल्याण्ड गुफामा १८ दिनसम्म अड्किएकाहरुको उद्दार गर्ने थाई नेभी शिल्ड, जापानको फुकुशिमा आणविक भट्टीका उद्दारकर्ता लगाएतका ९ जनालाई सम्मान गरिएको थियो।Image result for ultra runner mira rai

जसमा अमेरिकी पुर्व राष्ट्रपति बिल क्लिन्टनको समेत उपस्थिति थियो। गतसाल यो अवार्डद्वारा नेपालको आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई सम्मान गरिएको थियो। यसरी नै नेपाली समाजले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा चिया विथ मिरा राईको आयोजना गरि मिरा राईलाई सम्मान तथा उहाको फाउनडेशनलाई सहयोग संकलन गरिएको थियो। बोस्टनमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्युइंग्ल्याण्ड च्याप्टर र जात्रा नेपालको संयुक्त आयोजनामा डिनर एण्ड ड्रिंक विथ मिरा राईको आयोजना गरी सम्मान तथा फाउनडेशनलाई सहयोग गरियो।Image result for ultra runner mira rai

उक्त कार्यक्रममा जात्रा नेपालको उज्वलले टोकन र जात्रा नेपालकै निर्मलले सोभेनियर प्रदान गर्नु भएको थियो। युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु-इंग्ल्याण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले मन्तब्य दिनु हुदै मिरा राईको उत्तरोतर प्रगतिको कामना गर्नु भएको थियो। उक्त कार्यक्रममा मिरा राईसंग अन्तरक्रिया समेत गरिएको थियो।

Image result for ultra runner mira rai

Leave a Reply

Your email address will not be published. Required fields are marked *