२०८१ साउन १२ गते | 27th of July 2024

रोकिएको मतगणना सुरु गर्ने तयारी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ७ गते १३:२०

पोखरा, ७ जेठ ।
शनिबार साँझदेखि रोकिएको मतगणना थाल्न सर्वदलिय बैठक सुरु भएको छ । पोखराको नगर विकास प्रशिक्षण केन्द्रको प्रशासनिक हलमा सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका प्रतिनिधी सहितको उपस्थितीमा बैठक सुरु भएको हो । निर्वाचन आयोगले तत्काल मतगणना थाल्न निर्देशन दिएपछि मूख्य निर्वाचन अधिकृतले बैठक बोलाएका थिए ।
बैठकमा सहजपूर्वक मतगणना सञ्चालन गर्ने बिषयमा छलफल हुनेछ । आयोगले फरक प्रकृतिका स्वस्तिक छाप प्रयोग हुन सक्ने भएकाले मतगणना सुरु गर्न आदेश दिएको हो । सहमति जुटे केहीबेरमै रोकिएको मतगणना सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *