२०८० मंसिर १९ गते | 5th of December 2023

न्यूयोर्कमा नेपालको पर्यटन प्रबर्धनको लागी कार र्यालीको आयोजना हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २ गते २:२५

न्यूयोर्क – संसारको सबैभन्दा प्रख्यात पर्यटकीय मुलुक नेपाल, सुन्दरताले भरिएको राष्ट्र नेपाल, दुनियाँको सबैभन्दा प्रचलित पर्यटकीय गन्तब्य नेपाल मुलुकको पर्यटन प्रबर्धनका लागि कार र्यालीको आयोजना हुंदैछ । 

‘सुखी नेपाली, सम्रिद्ध नेपाल’ को सपना साकार पार्न नेपाल सरकारले पर्यटन ब्यवसायमार्फत आर्थिक बिकास भित्राउन सन २०२० लाई ‘नेपाल भ्रमण बर्ष २०२०’ को रुपमा मनाउन लागेकोले २० लाख पर्यटक नेपाल भित्राउन नेपाल पर्यटन बोर्डको अगुवाईमा यस कार्यक्रमलाई विश्वभर प्रचार गरिएको छ ।

यसै अभियानलाई सार्थक तुल्याउन विश्वकै आर्थिक साम्राज्यको शहर न्यूयोर्कमा नेपाल पर्यटन बोर्डको आयोजनामा नेपाली महावाणिज्यदुतावास, न्यूयोर्कको सहकार्यमा आगामी अक्टोबर २७, २०१८ का दिन न्यूयोर्कका पांचै बोरोहरुमा ‘राईड फर नेपाल – कार र्याली’ को आयोजना हुंदैछ । 

अक्टोबर २७ तारिखको बिहान ९ बजे न्यूयोर्कको कुईन्सबाट शुभारम्भ भई न्युयोर्क राज्यको पाच बोरोहरु -कुईन्स, मेनहृयाटन, बु्रकलिन, ब्रोङ्कस र स्टेटन आईल्याण्ड परिक्रमा गरि अपरान्ह् ३ बजे ज्याक्सन हाईटको डाईभर्सिटी प्लाजामा समापन हुने बिज्ञाप्तीमा जनाएको छ । करिब २ सय कारहरुमा नेपाली झण्डा फहराउदै कारको अगाडि-पछाडी र कारको ४ वटै ढोकाहरुमा “भ्रमण बर्ष २०२०”, “राईड फर नेपाल” र नेपालका पर्यटकीय क्षेत्रहरुको ब्यानरहरु कारमा राखिन लागेको छ । समापन कार्यक्रममा बिभिन्न नेपाली कला र संस्कृति झल्कने विविध् सांस्कृतिक झांकी एवं सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने भएको जनाएको छ ।

तलको लिन्क क्लिक गर्नुहोस् :

कार र्यालीका बारे न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटनदुत प्रदिप श्रेष्ठद्दारा जारी बक्तब्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *