२०८१ साउन ११ गते | 26th of July 2024

दलको सहमति बिनै मतगणनाको तयारी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ७ गते १४:११

पोखरा, ७ जेठ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार साँझदेखि रोकिएको मतगणना सुरु गर्ने तयारी गरेको छ । सर्वदलिय बैठकमा सहमति खोजिएपनि सहमति जुट्न नसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले गणना थाल्ने जनाएको हो ।
‘सकेसम्म सहमतिका लागि प्रयास गरेका हौं । तर दलहरु सहमतिमा आउनुभएन, मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले भने–हामीलाई आयोगको निर्देशन आएको छ । गणना रोक्न मिल्दैन ।’ बैठक सकिए लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयले गणना स्थलमा दल र स्वतन्त्र उम्मेदवारको प्रतिनिधी पठाउन आग्रह गरेको छ । कार्यालयका अनुसार केहीबेरमै मतगणना सुरु हुनेछ ।
बैठकमा सहभागी राजनितिक दलका प्रतिनिधीहरुले गणनामा सहभागी नहुने प्रतिक्रिया दिएका छन् । काँग्रेस सभापति कृष्ण केसीले निर्वाचन आयोगको जवाफ चित्त बुझ्दो नभएकाले गणना नहुने बताए । माओबादी अध्यक्ष दिपक कोइरालाले पनि गणनामा आफुँहरु सहभागी नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *