२०८० मंसिर २१ गते | 7th of December 2023

करेला स्वास्थ्यका लागि कति लाभदायक ?

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ६ गते ४:५१

काठमान्डौं – स्वास्थ्य रहन खानपानमा ध्यान दिन जरुरी छ् । कस्तो खानपान कुन व्यक्तिले सेवन गर्ने जस्ता कुराहरु थाहा पाउन जरुरी हुन्छ । जसले गर्दा स्वस्थ रहन सकिन्छ । हाम्रो वरिपरी धेरै प्रकारका तरकारीहरु रहेका छन् । सवैको भुमिका उत्तिकै रहेका छन् । तरकारीमा साग , आलु, भेन्टा ,फर्सी, काउली , बरेला, करेला आदि जस्ता तरकारीहरु बजारमा पाइन्छ भने गाउँ घरमा खेत बारीमा पाइन्छ । खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि अति लाभदायक छ ।

शरीरमा कफ जम्मा भएमा करेला खाँदा त्यसबाट मुक्त हुन सकिन्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्या‍उँछ । पाचनशक्ति बलियो बनाउने र भोक जगाउने काम करेलाले गर्छ । गर्मी याममा करेला सेवन गर्नु लाभदायक हुन्छ जसले शितल बनाउछ । दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ । पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् । बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा हुन्छ । बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ । कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *