मुम्बई – यो वर्ष बिहे गर्ने सेलेब्सको सूचीमा कमेडियन कपिल शर्माको नाम पनि समावेश हुने भएको छ । रणवीर सिंह र दीपिका पादुकोणले बिहेको मिति सार्वजनिक गरेसँगै कपिलले पनि बिहेको मिति सार्वजनिक गरेका छन् । कपिलले आगामी १२ डिसेम्बरमा बिहे गर्ने जानकारी दिएका छन् । बिहे उनकी हुनेवाली दुल्हन गिन्नीको होमटाउन जालन्धरमा हुने बताईएको छ । ![Image result for kapil sharma and ginni](https://www.bollyinside.com/wp-content/uploads/2018/10/Kapil-Sharma_Feature.jpg)
कपिलले भनेका छन्, ‘हामी सामान्य तरिकाले बिहे र्ग चाहन्थ्यौं । तर, गिन्नी एक्ली छोरी हुन् त्यसैले धुमधाम बिहे हुनेछ । म उनको भावनालाई बुझ्छु । मेरी आमा पनि त्यहि चाहन्छिन् ।’ कपिलले भने, ‘जब मेरो दाईको बिहे भयो, त्यतिबेलामा मेरो राम्रो कमाई थिएन । त्यो बेला सानो जन्ती लिएर भाउजुलाई घर ल्याएका थियौं । तर, जब मेरी बहिनीको बिहे भयो, म राम्रो कमाउन थालेको थिएँ, हाम्रो स्तरअनुसार त्यो बिहे निकै धुमधाम थियो ।’![Image result for kapil sharma and ginni](https://images.indianexpress.com/2017/03/kapil-sharma-girlfriend-7591.jpg)
कपिल शर्माबारे अर्को समाचार के छ भने उनी छिट्टै आफ्नो शो मा देखिँदै छन् । द कपिल शर्मा शोका माध्यमबाट उनी फेरि टेलिभिजनमा देखिने तयारीमा छन् । उनी शोको शूटिंगका लागि मुम्बई पुगिसकेका छन् । कपिलले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गरेर शो शूटिंगबारे जानकारी दिएका छन् ।![](http://www.khullaManch.com/wp-content/uploads/2018/10/kapil-Ginni-1.jpg)
उनले इन्स्टाग्राममा साथीहरुसँगको तस्वीर सार्वजनिक गरेका छन्। सो तस्वीरमा उनी निकै खुशी देखिएका छन् ।