लस एन्जलस – श्रीपशुपतिनाथ फाउन्डेशन, लस एन्जलसको बहु-प्रतिक्षित बोर्ड समिती अन्तत: घोषणा भएको छ । लस एन्जलस क्षेत्रमा सामुदायिक केन्द्र र मन्दिर निर्माणको सपना बोकेर गठन भएको फाउन्डेशनदेखी आजको मितिसम्म अध्यक्ष रहेका आर्टेसिया नगरका काउन्सिलर भक्त थापाको संयोजकत्वमा गटित ‘छनौट समिती’ले आज २१ सदस्यीय नयाँ समितिको घोषणा गरेको छ ।
छनौट समितिले सार्वजानिक गरेको नयाँं कार्यसमिती :

नयाँ अध्यक्षको नाम तोकिएन :
नव-गठित कार्यसमिती घोषणा गर्दा संस्थाका नियम आफ्नै रहेपनि सर्वत्र चासोको बिषय रहेको बोर्डको अध्यक्ष बुझ्ने भाषामा तोकिएको छैन । अल्फाबेटी तवरले नाम सार्वजानिक गरिंदा सबैभन्दा माथी नाम रहेका मन्दिरका सबैभन्दा ठुला दाता एकराज ‘नारायण’ पाण्डे अध्यक्ष रहेको समिती घोषणा भएको बुझिन्छ ।

एकराज ‘नारायण’ पाण्डे, मुकुन्द ढुंगाना, रामेश्वर भन्डारी, गोकुल पौड्याल र बिमल श्रेष्ठ मध्य एकजना बोर्डको अध्यक्ष बन्ने हल्लाका बिच सबैभन्दा ठुला दाता पाण्डे सम्भवत: आगामी कार्यकालका लागि अध्यक्ष चुनिएका छन । आन्तरिक बहशको बिषयको रुपमा जमारा र बडादशैंलाई छांयांमा पारेको फाउण्डेशनको चर्चाले अन्तत: गती लिने आशा रहेको छ । भलाई, स्थापना, कार्यदक्षता, साधारण सभा, छनौट समिती र प्रकृयाका आ-आफ्नै विवाद छदैछन् । तर सबैलाई अटाउन असम्भव अन्य संस्थासंगै २१ जनाको नयाँ कार्यसमिती छनौट समितिले सार्वाजानिक गरेको छ । 
समितिमा यसअघि कार्यसमितिमा नरहेका भिम ‘नारान’ ढकाल, बासुदेव घिमिरे, एकदेव शर्मा, ज्ञानेन्द्र गुरुङ्ग, गंगा बस्नेत, ईन्दिरा त्रिपाठी, केदार पौडेल, राजेश पाण्डे, शुशिला पाण्डे, साबित्री ओली, तिलक कार्की र उपेन्द्र सापकोटा पहिलोचोटी मनोनयन भएका छन । यसैगरी एकराज ‘नारायण’ पाण्डे, बिमल श्रेष्ठ, डिल्ली थापा, गोकुल पौड्याल, दिपक पाठक, रामबाबु पाण्डे, रामेश्वर भन्डारी, रामचन्द्र लामिछाने र उपेन्द्र न्यौपाने पून: मनोनयनमा परेका छन ।
कस्तो बन्ला कार्यसमिती ?
२१ जनाको यही नामावालीबाट सम्भवत: कार्यसमितिका पदाधिकारीहरुको घोषणा हुनेछ । विश्वस्त सुत्रका अनुसार एक्राज ‘नारायण’ पाण्डे आगामी कार्यकालका लागि अध्यक्ष हुनेछन । गोकुल पौडेल, रामेश्वर भन्डारी, भिम ढकाल, बिमल श्रेष्ठ, रामबाबु पाण्डे र वासुदेव घिमिरे मध्यबाट उपाध्यक्षहरुको पदपुर्ती हुनेछ भने निवर्तमान कार्यसमितिका सचिव रामेश्वर भन्डारी नै सचिवमा दिहोरिनेछन । दिपक पाठक र प्रष्टवक्ता तिलक कार्कीमध्य एक जना सम्भवत: कोषाध्यक्ष हुनेछन ।

पुराना के होलान ?
निवर्तमान कार्यसमितिका सफल अध्यक्ष भक्त थापा दुई कार्यकालका अध्यक्ष भईसकेकाले उनी ‘नयां बन्ने ट्रस्टी’ तिर बस्नेछन । अध्यक्ष पदका दावेदार महावाणिज्यदुत ॠषि ढकाल प्रोटोकल्ली अध्यक्ष नलडी छनौट समितिमा बसे । अर्का अध्यक्षका दावेदार गोकुल पौडेल सम्भवत: आगामी कार्यकालको तयारी गर्दै सदस्यमै बस्नेछन । अध्यक्षका सम्भावित अग्रजहरु मुकुन्द ढुंगाना, राम लामा र राजेन्द्र सिवाकोटी पनि शायद ट्रस्टीमा बस्नेछन । निवर्तमान कार्यसमितिमा नपरेका कतिपय सदस्यहरु नदोहोरिए पनि र समितिमा पर्न सक्ने सम्भावित सदस्यहरु सुत्रका अनुसार फाउन्डेशनका स्टेरिङ्गग कमिटीभित्र पर्नेछन ।
नवगठित कार्यसमितिलाई खुल्लामन्चको हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!