पोखरा, ८ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलिय बैठक डाकेको छ । तीनदिनदेखि अवरुद्ध मतगणना सकेसम्म दलकै सहमतिमा सुरु गर्ने आयोगको तयारी छ । यदपी दलहरु यसमा सहमत बन्न सकेका छैनन् । ८ बजेको बैठकमा पनि सहमति हुन नसके दलका प्रतिनिधी विनै मतगणना थाल्ने आयोगको तयारी बुझिएको छ ।
मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले आईतबार नै दलहरुको सहमति नभएपनि मतगणना गर्ने जनाएका थिए । ‘सकेसम्म सहमतिका लागि प्रयास गरेका हौं । तर दलहरु सहमतिमा आउनुभएन, उनले भने–हामीलाई आयोगको निर्देशन आएको छ । गणना रोक्न मिल्दैन ।’