लस एन्जलस – लस एन्जलसस्थित श्रीपशुपतिनाथ फाउन्डेसन बोर्डको आज बसेको बैठकबाट बोर्ड सदस्य गोकुल पौडेल अध्यक्षमा चयन भएका छन्।![](http://www.khullaManch.com/wp-content/uploads/2018/10/88C84C31-2BF9-4369-8219-E04610F00A17.jpeg)
यसैगरी बैठकले उपाध्यक्षमा एकराज पाण्डे र रामबाबु पाण्डे, सचिवमा बिमल श्रेष्ठ, सह-सचिवमा रामचन्द्र लामिछाने, कोषाध्यक्षमा भिम ढकाल र सह-कोषाध्यक्षमा सुशीला पाण्डेलाई चयन गरेको छ ।![](http://www.khullaManch.com/wp-content/uploads/2018/10/AC40E921-646F-45EB-A009-EB5D1B4129C5.jpeg)
मन्दिरको नियमित संचालन तथा व्यवस्थापनका लागि बनेको २१ सदस्यीय बोर्डको अन्य सदस्यहरुमा बासुदेब घिमिरे, डिल्ली थापा, एक देव शर्मा, ज्ञानेन्द्र गुरुङ, गङ्गा बस्नेत, इन्दिरा त्रिपाठी, केदार पौडेल, नोग पाठक ( दिपक पाठक), राजेश पाण्डे, रामेश्वर भण्डारी, सावित्रा ओली, तिलक कार्की, उपेन्द्र न्यौपाने र उपेन्द्र सापकोटा रहेको छनौट समितिले प्रकाशित गरेको सूचनामा जनाइएको छ।![](http://www.khullaManch.com/wp-content/uploads/2018/10/D418C828-DE0C-44CA-8476-34550CB41CB5.jpeg)