२०८१ साउन १२ गते | 27th of July 2024

पोखराको मतगणना थाल्ने सहमति

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ८ गते ५:१८

पोखरा, ८ जेठ ।
शनिबार साँझदेखि रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन आयोग र राजनीतिक दलहरु बीच भएको छलफलले विवादित १७ नम्बर वडा बाहेकका वडामा मतगणना थाल्ने सहमति गरेको हो ।
क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले सहमति पछि मतगणनाको तयारी भैरहेको जानकारी दिए । बैठकबाट निस्किएपछि नेकपा माओबादी केन्द्र कास्कीका अध्यक्ष दिपक कोइरालाले १७ नम्बर बाहेकका वडामा पनि फरक छाप देखिए गणना रोक्ने सहमति भएको जानकारी दिए । उनका अनुसार १७ नम्बर वडाको भने मुचुल्का हेरेर पुनः छलफल गरी निर्णय गर्ने बिषयमा पार्टीहरुले सहमति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *