२०८१ साउन १२ गते | 27th of July 2024

४६ घण्टापछि पोखराको मतगणना सुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ८ गते ९:२१

पोखरा, ८ जेठ ।
शनिबार साँझदेखि रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना करिब ४६ घण्टापछि पुनः सुरु भएको छ । दिउँसो २ बजेर ३५ मिनेटमा गणना थालिएको हो । विवादित १७ नम्बर वडाको छोडेर १६, १८ र १९ नम्बरको मत गणना सुरु भएको छ ।
निर्वाचन आयोग र राजनीतिक दलहरु बीच भएको छलफलले विवादित १७ नम्बर वडा बाहेकका वडामा मतगणना थाल्ने सहमति गरेको हो । क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले सहमति पछि मतगणना थालिएको जानकारी दिए ।
नेकपा माओबादी केन्द्र कास्कीका अध्यक्ष दिपक कोइरालाले १७ नम्बर बाहेकका वडामा पनि फरक छाप देखिए गणना रोक्ने सहमति भएको जानकारी दिए । उनका अनुसार १७ नम्बर वडाको भने मुचुल्का हेरेर पुनः छलफल गरी निर्णय गर्ने बिषयमा पार्टीहरुले सहमति जनाएका छन् ।
ठूलो आकारको स्वस्तीक छाप लागेको मतपत्र मान्य नहुने भन्दै मतगणनास्थलमा रहेका कांग्रेस प्रतिनिधिले बिरोध जनाएपछि शनिबार साँझ ४ बजेदेखि गणना रोकिएको हो । सूर्य चिन्हमा त्यस्तो छाप भेटिएको थियो । ५ हजार ८ सय २८ मतसंख्या रहेको वडा १७ को १ हजार ४ सय मत गनिसकेपछि ठूलो स्वस्तिक छाप भएको मतपत्र भेटिएर विवाद उत्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *