गायक समिर आचार्य र गायिका बिद्या तिवारीको “पिच रोड” करोड क्लबमा प्रवेश गरेको छ । लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली सांगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका छन् भने गायिका बिद्या तिवारी भोइस अफ नेपाल कि एक शसक्त प्रतिस्पर्धी रहेकी छन् । विदेशमा रहेर पनि नेपाली सांगीतिक बजारमा समिर ले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएका छन् ।![](https://external-lga3-1.xx.fbcdn.net/safe_image.php?d=AQBy3M_r7717kvIb&w=540&h=282&url=http%3A%2F%2Fdthreeonline.com%2Fwp-content%2Fuploads%2F2018%2F11%2Fsusanat-n-anchal.jpg&cfs=1&upscale=1&fallback=news_d_placeholder_publisher&_nc_hash=AQCghi3DorfXARSC)
यस गीतको शब्द तथा संगीतमा राजेन्द्र भट्ट र सन्तोष कुमार रहेका छन् भने छायाँकार राम कुमार केसीले म्युजिक भिडियोलाई छायांकन गरेका हुन् । निर्देशक टेकेन्द्र साहले निर्देशन गरेको यस भिडियोमा चर्चित नायिका आंचल शर्मा र सुसान्त खत्रीको बेजोड नृत्यको साथमा अभिनय देख्न सकिन्छ ।
![](https://external-lga3-1.xx.fbcdn.net/safe_image.php?d=AQC9sf6x_d7T2hzX&w=540&h=282&url=http%3A%2F%2Fwww.kanchanjanghaonline.com%2Fwp-content%2Fuploads%2F2018%2F11%2F45116612_2339467922747984_6761899672194777088_n.jpg&cfs=1&upscale=1&fallback=news_d_placeholder_publisher&_nc_hash=AQAowyt4C37KpOLc)
छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल गित “पिच रोड” को सफलता देखेर गायक समिर अहिले दङ्ग परेका छन् । नेपाली गित संगीत प्रेमीहरुको अपार माया तथा यस गितको म्युजिक भिडियोलाई दर्शकहरुले अत्याधिक मनपराई दिएकोमा सम्पूर्ण भिउर्सहरुलाई गायकले धन्यबाद समेत दिएका छन् भने आगामी दिनहरुमा समेत यस्तै माया र साथको अपेक्षा समेत गरेका छन् ।![](https://external-lga3-1.xx.fbcdn.net/safe_image.php?d=AQB6eoRpPj1fUL77&w=540&h=282&url=https%3A%2F%2Fi1.wp.com%2Fwww.etajakhabar.com%2Fwp-content%2Fuploads%2F2018%2F11%2Freal-2.jpg%3Ffit%3D777%252C389&cfs=1&upscale=1&fallback=news_d_placeholder_publisher&_nc_hash=AQAX2UMLqYF-xyI7)