२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा १६ मा काँग्रेस अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ८ गते १०:५२

पोखरा, ८ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा काँग्रेस उम्मेदवार अगाडी छन् । काँग्रेसका पदम सिं गुरुङले एमाले उम्मेदवार जीवन प्रसाद आचार्यलाई ३ सय ५९ मतले पछि पारेका छन् । गुरुङको १ हजार २ सय ४२ मत ल्याउँदा आचार्यले ८ सय ८३ मत ल्याए । वडा सदस्यमा एमाले उम्मेदवार मेहरमान थापा र राजेश ढुंगाना, महिला सदस्य काँग्रेस उम्मेदवार मञ्जुश्री थापा तथा दलित महिला सदस्यमा ओम माया नेपाली अगाडी छन् ।
वडा १६ बाट महानगर प्रमुख उपप्रमुखमा एमाले उम्मेदवार अगाडी छन् । एमालेका मान बहादुर जिसीले १ हजार ७६ र काँग्रेसका रामजी कुवँरले ९ सय ६९ मत ल्याए । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ९ सय ४७ मत पाउँदा काँग्रेसकी सरस्वती गुरुङले ९ सय ३६ मत पाएकी छिन् ।

१६ नम्बरको मतपरिणाम

  नेपाली कांग्रेस नेकपा एमाले
  रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
  ९६९ ९३६ १०७६ ९४७
जम्मा १९८८४ १८८६६ २१८५६ २०५१४
  वडाध्यक्ष १२४२ वडाध्यक्ष ८८३

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *