२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा १८ मा एमाले अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ८ गते ११:०६

पोखरा, ८ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्षमा एमाले उम्मेदवार अगाडी छन् । एमालेका रणबहादुर थापाले काँग्रेस उम्मेदवार भरत बहादर थापालाई ४७ मतले पछि पारेका छन् । रणबहादुरको २ सय ६१ मत आउँदा भरतको २ सय १८ मत छ । सदस्यहरुमा पनि एालेको प्यानल नै अगाडी छ । खुला सदस्यमा ज्ञान बहादुर थापा, हरि प्रसाद लम्साल, महिला सदस्य भोज कुमारी थापा र दलित महिला सदस्यमा बिष्णुमाया दमै अगाडी छन् ।
महानगर प्रमुख र उपप्रमुखमा पनि एमाले उम्मेदवार अगाडी छन् । मान बहादुर जिसीले २ सय ७९ मत आउँदा काँग्रेसका रामजी कुवँरले २ सय ४५ मत ल्याए । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २ सय ६१ मत पाउँदा काँग्रेसकी सरस्वती गुरुङले २ सय १८ मत पाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *