लस एन्जलस – क्यालिफोर्निया राज्यको थाउजन्ड ओएक्स नगरको बारमा गोली चल्दा एक प्रहरी सहित १३ जनाको मृत्यु भएको छ । Borderline Bar & Grill नामको बारमा गएराती ११:२० बजे स्थानिय रात्री क्लबमा अन्धाधुन्ध गोली चल्दा यो अर्को दुर्घटना घटेको छ । घटनामा गोली चलाऊने शंकास्पद ब्यक्ती पनि मारिएको प्रहरीले जनाएको छ ।
गोलीकान्ड हुंदा सयौंका संख्यामा मान्छेहरु बारभित्र रहेको जनाईएको छ । १०१ राजामार्गको मूर्पार्क सडकमा रहेको बारमा बिभिन्न विश्वबिद्धालयमा अध्ययनरत बिद्धार्थीहरुको जमघट रहेको थियो । क्यालिफोर्निया लदर्न विश्वबिद्धालय, क्यालिफोर्निया राज्य विश्वबिद्धालय, पेपर्डाईन विश्वबिद्धालय लगायतका बिद्धार्थीहरुको जमघट रहेको बारमा अन्धाधुन्ध गोली चलेको प्रहरीले जनाएको छ ।
‘कलेज काउन्ट्री’ नाम दिईएको बिद्धार्थीहरुको रात्रीभोज भईरहेको बखत अज्ञात ब्यक्ती बारमा छिरेर अन्धाधुन्धा गोली चलाएको बताईएको छ । प्रहरी घटनास्थल पुग्नु अगावै गोली चलाऊने ब्य्क्ती भने मारियाको जनाईएको छ ।

फोटो स्रोत : abc7