२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा १९ मा काँग्रेस अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ८ गते १४:१०

पोखरा, ८ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्षमा काँग्रेस उम्मेदवार अगाडी छन् । काँग्रेसका पुष्पेन्द्र पाण्डे एमालेका उम्मेदवार शोभा मोहन पौडेल भन्दा ६४ मतले अगाडी छन् । पाण्डेको १ सय ९३ र पौडेलको १ सय २९ मत छ । सदस्यहरुमा एमाले उम्मेदवार अगाडी छन् । खुला सदस्यमा कोमल प्रसाद शर्मा बास्तोला, कृष्ण प्रसाद गौतम, महिला सदस्य कोपिला केसी र दलित महिला सदस्यमा तारा परियार अगाडी छन् ।
महानगर प्रमुख उपप्रमुखमा पनि एमाले उम्मेदवारले अग्रता लिएका छन् । मानबहादुर जिसीले १ सय ७८ मत ल्याउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरले १ सय ६६ मत पाएका छन् । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले १ सय ५८ र काँग्रेसकी सरस्वती गुरुङले १ सय २१ मत पाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *