२०८३ असार ३ गते | 17th of June 2026

नेपाली जोड्न फेरी अर्को सन्जाल

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २५ गते १६:१७

न्यूयोर्क – विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गांस्ने अभियान शुरु भएको छ । सबैको भावना, चाहना र उद्देश्यलाई एकिकृत गर्दै आफूभन्दा पनि आफू जन्मी– हुर्केको मातृभूमि नेपाललाई आर्थिक, पर्यटकिय, सामाजिक एवं संबृद्ध बनाउने उदेश्य अनुरुप यो सामुहिक अभियान शुरुवात गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

अमेरिकाको न्युयोर्कबाट स्वाभिमानी र देशभक्त नेपालीहरु सम्मिलित नेपालीहरुको समूहले हामी नेपाली ग्लोवल नामक सामाजिक संस्था स्थापना गरेको छ। सोही संस्था मार्फत यस अभियानलाई अगाडि बढाउने कार्य भएको हो। जहाँ रहौं हामी नेपाली, जहाँ बसौं हामी नेपाली, जता जाऔं हामी नेपाली, जसो गरौं हामी नेपाली। हाम्रो इमान्दारिता र स्वाभिमान संसारमै प्यारो छ।अभियानको यो नारा भएको पनि जनाइएको छ।

मातृभूमि नेपालको बिकास र निर्माणमा प्रवासबाट अर्थपूर्ण योगदान गर्ने अभिप्रायले शुरुवात हुन लागेको हामी नेपाली ग्लोवल हरेक संस्थाको मर्म र आस्थालाई सम्मान गर्दै सहकार्य र समन्वयको दृष्टिकोण राखेको छ। संमृद्ध नेपालको सपनालाई मुर्त रुप दिने उद्देश्य अनुरुप करिब ३० देशमा राष्टि«य समिति गठन भइसकेको पनि जारी विज्ञप्तिमा भनिएको छ। हामी नेपाली ग्लोवलको न्युयोर्कस्थित अन्तरराष्ट्रिय समितिको औपचारिक समुद्घाटन समारोह भने यही आउने नोभेम्बर २४ का दिन हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *