मुम्बई – नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह बिहे गनृका लागी इटाली पुगेका छन् ।उनीहरुले वुधबार र बिहिबार बिहे गर्दैछन् । नोभेम्बर १४ र १५ तारिखमा हुने बिहेका लागि यो जोडी परिवारसहित इटाली पुगेको हो । यो जोडीले इटालीमा बिहे गरेपछि मुम्बइमा भव्य पार्टी दिने भारतिय मिडियाले उल्लेख गरेका छन् ।![](https://im.indiatimes.in/content/2018/Nov/ranveer_and_deepika_1541828890_725x725.jpg)
मुम्बई एयरपोर्टमा यो जोडीले मिडियालाई कुनै प्रतिक्रिया नदिएपनि रणवीरले भने एयरपोर्टमा ‘डोली सजा के रखना’ बोलको गीत गाएका थिए । ईटालीमा हुने बिहेमा आफन्त र केही सिमित साथीहरुलाई मात्र निम्तो गरिएको छ ।इटाली उड्दा यी दुबैले सेतो रंगको पहिरन लगाएका थिए । केही समय पहिले विराट कोहली र अनुष्का शमाृले पनि इटालीमा बिहे गरेका थिए ।![](http://laughingcolours.com/wp-content/uploads/2017/06/Could-Deepika-Padukone-and-Ranveer-Singh-have-split-up.jpg)