अग्नी चौलागाईं, लस एन्जल्स, २१ मे । नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा श्रीपशुपतीनाथ तथा बुद्ध मन्दिरमा रक्तदान कार्यक्रमको आयोजना भएको छ । रक्तदान गर्न ८० जना उपस्थित भएकोमा ३५ जनामात्र दान गर्न सफल भएका थिए ।
![Displaying 1.jpg](https://mail.google.com/mail/u/0/?ui=2&ik=169e96c58a&view=fimg&th=15c2e98dac49f153&attid=0.1&disp=inline&realattid=f_j2zoleo90&safe=1&attbid=ANGjdJ-FAZwd0dJJNrxIXGZ-9dIVOkaR2J6puZ-3vHjZD6ZyN4GTgxQYvkVgRj-AQW7j7wMbip2Ta0naEa3TX9Bqa85aTCPf1bB5aiNp_GqZGQ7xLUp7VEd7D0aiUoY&ats=1495479066921&rm=15c2e98dac49f153&zw&sz=w1367-h637)
अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
“आफ्नो संस्कृति संरक्षणका लागि म्ह पुजा र यमरी पुजाका साथमा विविध सामाजिक कार्यलाई निरन्तरता दिंदै आइरहेको संस्थाले आगामी दिनमा समेत सबैको सहयोग र सद्भावमा रक्तदान लगायतका धार्मिक र सामाजिक कार्यक्रम गर्दै जाने” संस्थाका महासचिव बिमल श्रेष्ठले बताए ।
![Displaying 2.jpg](https://mail.google.com/mail/u/0/?ui=2&ik=169e96c58a&view=fimg&th=15c2e98dac49f153&attid=0.2&disp=inline&realattid=f_j2zoletw1&safe=1&attbid=ANGjdJ8ozQR8_ccPrnb0Hp3mLxMVSmozAJ5h10eV0pmA313jsoDUMwsafoWmswM6Pu5iWA-pMecKaLNUcKl9QxevwohhtWeSqEOJ7WwimnOBHyqGMWamnw_YoyZqbCs&ats=1495479066922&rm=15c2e98dac49f153&zw&sz=w1367-h637)
हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । सामान्य अवस्थामा ६ हप्ता पछि पुन: रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्दछ ।