क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् ।![](http://rack.1.mshcdn.com/media/ZgkyMDE0LzA1LzE1L2FlL3NhbmRpZWdvZmlyLjRlNTc4LmpwZwpwCXRodW1iCTEyMDB4NjI3IwplCWpwZw/dd6bea82/3db/san-diego-fire.jpg)
थप १३ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ४९ पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले पत्रकार सम्मेलनमा बताउनु भएको छ । यसअघि २९ व्यक्तिको मृत्यु भएको बताइएको थियो । अमेरिकी सञ्चार माध्यमहरुले विभिन्न स्रोत उल्लेख गरी अझ २०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन् । बेपत्ता व्यक्तिहरुको खोजी, उद्धार र आगो निभाउने कार्यमा करिब आठ हजार अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ ।![](http://cbsnews1.cbsistatic.com/hub/i/r/2016/07/10/ec84acb4-c6d6-48a3-ae0a-a0f6f24e38e2/thumbnail/1200x630/ce8661e456e1b2e95e2876f4de8e4015/0710envillarrealwildfire1091162640x360.jpg)
डढेलोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको बताइएको छ । भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ । डढेलो प्रभावित क्षेत्रका हजारौ व्यक्तिलाई उक्त ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको छ । बिहीबार बिहान सुरु भएको डढेलो प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो ।![](http://i.dailymail.co.uk/i/pix/2014/08/19/1408440471990_wps_1_Smoke_rises_from_a_fire_i.jpg)
डढेलोका कारण अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्टलगायत गरी छ हजार ७०० भन्दाबढी भवन क्षतिग्रस्त भएका छन् ।डढेलो लागेको जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ ।![](http://video.newsserve.net/700/v/20160711/1109233119-At-least-wildfires-are-burning-across-California.jpg)