२०८१ वैशाख १९ गते | 1st of May 2024

भर्जिनियामा ऐतिहासिक वैवाहिक मेला हुने

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ३० गते १७:१०

भर्जिनिया – भर्जिनियाको स्प्रिंगफिल्ड स्थित Waterford Reception मा यहि आउदो आईतबार दिउसो १२ बजेदेखि ४ बजेसम्म ऐतिहासिक wedding Mela हुने भएको छ । नोभेम्बर १६ मा हुने भनिएको उक्त मेला हावा हुन्डरीका कारण रद्द भएको थियो । Galaxy Event ले आयोजना गर्ने उक्त मेला Fotopashal र DJ Solkris को सहकार्यमा हुनेभएको हो । आयोजक तथा Galaxy Eventका फाउन्डर बिपिन उप्रेतिका अनुसार उक्त मेलामा बिबाहका लागि चाहिने पण्डीत देखि खाना सम्म र मेकअप देखि फोटो तथा ब्राईडल ड्रेस सम्म सम्पुर्ण चिज एउटै छानामुनि अबलोकन गर्न पाईने छ ।

डीसी मेट्रो एरियालाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम भएपनि ग्यालेक्सि ईभेन्टले अमेरिका भरि सेवा दिन सक्ने उप्रेतीले खुल्लामन्च लाई जानकारि दिए । बिबाहकालागि सबैकुरा एकैठाउमा पाईने र त्यहि बुकिंग पनि गर्न मिल्ने भएकोले यो मेलामा अत्यधिक सहभागिता हुने देखिएको छ । मेलामा बिभिन्न रेश्टुरेण्टहरुले आफ्नो खानाको स्याम्पल टेष्ट गराउने छन् भने क्यास बार समेत रहने छ ।

प्रबेश शुल्क :- निशुल्क
ठेगाना :- 6715 Commerce street , Springfield VA 22150
Date :- Sunday 18th ( 12 to 4 pm )

Leave a Reply

Your email address will not be published. Required fields are marked *