काठमाडौं – नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित छ । ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले ताललाई मनमोहक र आकर्षक बनाएको छ ।![](http://sansarnews.com/wp-content/uploads/2017/10/tilicho-taal.jpg)
तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा पर्छ । काठमाण्डौबाट लमजुङको बेँसीशहर हुँदै मनाङको खाङसारसम्म गाडीमा जान सकिन्छ । बेँसीशहरबाट एकै दिनमा खाङसार पुग्दा लेक लाग्ने जोखिम हुने भएकाले पिसाङ र मनाङमा बास बसी काठमाण्डौंबाट हिडेको चौथो दिनमा खाङसार पुग्नु राम्रो हुन्छ । ![](http://www.nepalholidaytreksandtours.com/wp-content/uploads/2016/10/tilicho-lake-treking.jpg)
खाङसारमा बास बसी पाँचौं दिन तारे गुम्बा र श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदल यात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट झन्डै तीन घण्टाको उकालोपछि छैठौं दिनमा तिलिचो ताल पुग्न सकिन्छ ।![](https://www.sagunkhabar.com/wp-content/uploads/2018/11/Screenshot_5-9.png)
तालसम्म पुग्ने बाटो उकालो र कठिन भए पनि तालमा पुगिसकेपछि ती सम्पूर्ण पीडाहरु भुलिन्छन् । वरिपरि हिमाल र वीचमा सफा कञ्चन नीलो तालको मनमोहक दृश्यले सम्पूर्ण थकान बिर्साउँछ । स्वर्गको वर्णन सुनिरहँदा सायद स्वर्ग यस्तै हुन्छ होला भनि कल्पना गर्न सकिन्छ ।![](https://www.sagunkhabar.com/wp-content/uploads/2018/11/Screenshot_4-9.png)
बाटोमा खान बस्नका लागि लज तथा चिया पसलहरु सहजै पाइन्छन् । तर, पर्यटक मौसमका बेला खाङसार र बेस क्याम्पमा कहिलेकाँही डाइनिङ रुममा समेत सुत्नुपर्ने हुन सक्छ ।![](https://www.sagunkhabar.com/wp-content/uploads/2018/11/Screenshot_3-9.png)
तिलिचो आधार शिविरबाट तिलिचो ताल अवलोकन गरेर बास बस्न फेरि त्यही आधार शिविर वा श्रीखर्कसम्म र्फकन सकिन्छ । अर्काे दिन बिहानै करिव दुई घण्टाको पैदल यात्रापछि खाङसार आई जीपबाट त्यही दिन बेलुका बेँसीशहर फर्कन सकिन्छ ।![](https://www.sagunkhabar.com/wp-content/uploads/2018/11/Screenshot_2-9.png)
हालैका दिनहरुमा तिलिचो ताल भ्रमण गर्न स्वदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । गाडीको बाटोले परम्परागत रुपमा स्थापित मार्गलाई छोटो तथा सहज बनाएकाले पनि पर्यटकहरुको संख्या बढेको हो ।