२०८० मंसिर २१ गते | 7th of December 2023

भारतीय संगीतमा मेनुकाको महायात्रा : सारेगमपाको टप तेह्रमा (भिडियो)

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर ३ गते ११:५८

भारतीय टेलिभिज जी टिभीबाट प्रशारण हुँदै आएको सांगीतिक रियालिटी शो सारेगामापामा नेपालकी मेनुका पौडलले आइतबार अर्को दमदार प्रस्तुती दिएकी छन् । आइतबार मेनुकाले ‘पिया भाावरे’ बोलको गीत गाएकी थिइन । मेनुकाले सो गीत गाउँदा भारतीय संगीत क्षेत्रका हस्तीहरु तथा जजहरु मन्त्रमुग्ध भएका थिए । मेनुकाको स्वरमा गज्बबको जादू रहेको जजहरुको प्रतिक्रिया थियो । यो सँगै मेनुका मेगा राउण्डको टप तेह्रमा पुग्न सफल पनि भएकी छन् । मेनुकालाई जुरी मेम्बरले ९९ दशमलब ४ अंक दिएका थिए ।Image result for menuka poudel in SAREGAMAPA

यस्तै जज वजिद खानले उनको आवाज निकै सुमधुर रहेको टिप्पणी गरे । उनले भने, ‘डाइनामिक्स कमाल ।’ जज शेखरले मेनुकालाई उनको स्वरको तारिफ गर्दै उनलाई सधै उस्तै गाउन आर्शीबाद दिए । कार्यक्रमकी अतिथि भारतयि नायिका प्रिति जिन्टाले उनको स्वरमा पियोरिटी रहेको भन्दै प्रशंशा गरेकी थिइन । त्यस्तै मेनुकाले सारेगमपमा भाग लिन पाउनु निकै खुशीको कुरा रहेको प्रतिक्रिया दिइन ।Image result for menuka poudel in SAREGAMAPA

नेपाली रियालिटी शो नेपाल आइडलबाट सांगीतिक बजारमा आएकी गायिका मेनुका पौडेलले भारतीय रियालिटी सोमा पनि उस्तै सुमधुर आवाज दिएर जजलाई स्तब्ध पारेकी छन् । नेपाल आइडल कम भोट पाएर टप टेनबाटै बाहिरीए पनि उनले आफ्नो सांगीतिक करियरलाई अगाडि बढाइरहिन्। सांगीतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागिपरेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा आफ्नो सुमधुर आवाजले सबैलाई लोभ्याएकी छिन् ।

भिडियो :

भारतीय संतीत क्षेत्रमा नेपाली चेलीको महायात्रा, गोजीमा १३ रुपैयाँ नभएकि मेनुका टप तेह्रमा !!

भारतीय संगीत क्षेत्रमा नेपाली चेलीको महायात्रा ZEE TV काे Sa Re Ga Ma मा मेनुका पाैडेल मच्चाईन तहल्का, Menuka Poudel टप तेह्रमा !! बधाई !! Please Like, Share & Comment..

Posted by AAMA TV on Sunday, November 18, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *