२०८१ वैशाख १९ गते | 1st of May 2024

कांग्रेस सोलुखुम्बु जिल्ला सम्पर्क समिति, न्युयोर्कको जलपान सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर ६ गते १९:२३

न्यूयोर्क – नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला सम्पर्क समिति न्युयोर्कको आयोजनामा न्युयोर्कमा एक राजनैतिक र आर्थिक सम्बन्धमा अन्तरक्रिया कार्यक्रमका साथ जलपान कार्यक्रम सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकको पूर्व-संस्थापक उपाध्यक्ष तथा वर्तमान नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सल्लहाकार श्री मिङमार शेर्पाको सभापतित्व तथा सफल युवा उद्यमी, सामाजिक अभियान्ता, नेपाल उद्धोग वाणिज्य संघ, निर्यात प्रवर्द्धनका सभापति तथा नेपाली काँग्रेसका युवा नेता, गत प्रतिनिधी सभा निर्वाचनमा सोलुखुम्बु जिल्लाको क्षेत्र न: १ बाट प्रदेश सभाको प्रत्यासी श्री प्रकाशसिंह कार्कीको प्रमुख अथितीयामा सम्पन्न भएको थियो।

त्यस्तै गरि कार्यक्रमका बिशेष अथितीहरूमा नेपाली जनसम्पर्क समिति अमेरिकको केन्द्रीय सल्लहाकार, पूर्व नेपाल शिक्षा संघको केन्द्रीय उपध्याक्ष तथा लुम्बिनी बिकास कोषको सदस्य श्री आङ दावा शेर्पा, वर्तमान नेपाली जनसम्पर्क समिति बिश्व संजालको अध्यक्ष श्री बिष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकको केन्द्रीय महासचिव श्री मुनेन्द्र नेवाङ तथा अथितीहरू क्रमश: शेर्पा किदूक अमेरिकको महासचिव श्री तेण्डी शेर्पा, नेपाली कांग्रेस सोलुखुम्बु सल्लेरीको गा.बि.स.का पूर्व अध्यक्ष श्री रिन्जी पासाङ लामा, NRN-NCC को केन्द्रीय सल्लहाकार श्रीमति नेदेन डोङला शेर्पा, NRN-NCC को बोर्ड सदस्य श्री निमा ग्याल्जेन शेर्पा, नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरको महासचिव श्री अमर तमाङ, शेर्पा बरिष्ठ पत्रकार श्री आङछिरीङ शेर्पा लगायतका उपस्थितीहरू रहनु भएको थियो ।

कार्यक्रमको स्वागत भाषण नेपाली जनसम्पर्क समितिका अमेरिकाको कोषध्यक्ष श्री विजयकुमार थुलुंगले गरेको थियो र नेपाल शेर्पा बिधार्थी मंन्चको पूर्व अध्यक्ष तथा ने.का सोलुखुम्बुको विधार्थी नेता श्री आङछिरीङ शेर्पाले कार्यक्रमलाई संचालन गरेको थियो साथै शेर्पा संघ अमेरिकाको महासचिवको तथा पुर्व जनसम्पर्क समिति न्युयोर्क च्यापटरका सचिबको हैसियातले आफुलाई पनि अथिती ग्रहणको मौका प्राप्त हुनको साथै प्रमुख अथिती, विशेष अथिती लगायत अथितीहरूलाई खाता लगाई कार्यक्रममा स्वागत गर्नुभएको थियो ।

उक्त कार्यक्रम सोलुखुम्बु तथा विभिन्न जिल्लाका पहुनाहरूको बाक्लो उपस्थितीका माझ सम्पन्न भएको थियो र कार्यक्रममा मन्तव्य राख्ने क्रममा बिभिन्न वक्ताहरुले प्रतिनिधी सभा निर्वाचन, संघिय निर्वाचन तथा स्थानिय निर्वाचनमा नेपाली कांग्रेस पार्टी सोलुखुम्बु जिल्लाको पराजय लगायत सोलुखुम्बु जिल्लाको वर्तमान राजनैतिक अवस्था, नेपालको वर्तमान राजनैतिक परिस्थिति र सुधार आर्थिक बिकास र समृद्धी तथा विविध विषयहरूमा केन्द्रीत रही गहन छलफल गर्नुका साथै प्रमुख अथिती प्रकाश सिह कार्कीले विकास र समृद्धीका लागी आफुले बुझेका र सिकेका सबै अनुभावहरु जिल्ला र जिल्लाबासीलाई समार्पित गर्ने बचन दिदै सोलुबासीहरुलाई नेपाल फर्केर आई आफुले बिदेशमा सिकेको ज्ञान, सिप र सम्पति आफ्नै स्वादेश वा जिल्लामा लगानी गर्न समेत आग्रह गरेको थियो र कार्कीले आफु पदको लागी नभै जनताको सेवा गर्ने बिचारले आगडि बढीसकेको र सोलुखुम्बु फर्केर आउनेहरुलाई व्यापार र ब्यावसाय गर्न राम्रो वातावरण तया गर्न आफ्नो तर्फबाट दिन सक्ने सहायोगहरु गर्ने बचन पनि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *