काठमाडौँ – गणतन्त्र स्थापना पछि पनि नेपाली नेताहरुले जनताले चाहेको जस्तो विकास दिन नसक्दा अहिले सर्वसाधारणहरु राजतन्त्र तर्फ आकर्षित हुँदै गरेको धेरैले आकलन गर्न थालेका छन्। हिन्दू राज्य र राजतन्त्र पुनर्स्थापनाका लागि भन्दै विभिन्न अभियानहरु चल्न थालेको समयमा पूर्वमाओवादीहरू पनि यस्तै एक अभियानमा जोडिएका छन्। शुक्रबार माओवादी समर्थक र हिन्दुवादी ‘वीर गोर्खाली’ले श्रीपेच र राजा फर्काउने तयारीका लागि विशाल भेलाको तयारी गरिरहेको बुझिएको छ। नवलपरासीबाट वीर गोर्खाली’ले विशाल भेलाको आह्वान गरेको हो।
वीर गोर्खालीले हिन्दू राज्य र राजतन्त्रलाई पुर्नस्थापना गराउन मेचीदेखि महाकालीसम्म जागरण अभियान चलाउने तयारी गरिरहेको बुझिएको छ। यस अभियानमा अयोग्य भएका पूर्वलडाकुहरु पनि जोडिएका छन्। पूर्वलडाकुहरु राष्ट्रिय सञ्जालनै बनाएर आन्दोलनमा उत्रिने तयारी गरिरहेका छन्। वीर गोर्खाली र पूर्वमाओवादी समर्थक मात्र नभई शिव सेना नेपाल, विश्व हिन्दू महासंघ, कर्मवीर लगायतका संघ संगठन पनि हिन्दू राज्य र राजतन्त्र देशमा फर्काउनको लागि विभिन्न अभियान संचालन गरिरहेका छन्।_0406_-_King_Gyanendra.jpg)
पछिल्लो समय नेपाली कांग्रेस भित्र पनि हिन्दू राष्ट्र पक्ष्यधरहरुको संख्या बढेको छ। पार्टीमा महामन्त्री डा. शशांक कोइरालाले त हिन्दू राष्ट्रको विषयमा आफ्नो विचार खुलेरै राखिसकेका छन्। जनता मात्र नभई विभिन्न राजनीतिक पार्टीमा पूर्व कार्यकर्ता समेत राजतन्त्र माग गर्दै विभिन्न अभियानमा जुटेपछि पूर्वराजा ज्ञानेन्द्रको पक्ष्यधरहरुमा केहि आशा पलाएको छ। भारतले समेत राजतन्त्र नेपालमा चाहेको भन्दै धेरैले विश्लेषण गर्न थालिसकेका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री तथा मोदीका विश्वासपात्र योगी आदीत्यनाथले ज्ञानेन्द्रलाई खुला रूपमा नै सहयोग गरिरहेको बुझिएको छ।