सान-फ्रान्सिस्को – नेपाली जनसम्पर्क समिति गोरखा-अमेरिका सम्पर्क समितिको संयोजक चयन गरिएको छ । अमेरिकाको क्यालिफोनियामा अायोजित कार्यक्रममा अमेरिका भ्रमणमा रहनु भएका नेपाली कांग्रेस गोरखा सचिव एवम् संगठन विभाग प्रमुख नन्द प्रसाद न्यौपानेको आतिथ्यता तथा बिभिन्न अमेरिकामा रहनु भएका प्रभुत्व व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमवाट विश्व भट्टलाई संयोजक तोकिएको हो । संयोजक तोकिए पछि अब छिट्टै अमेरिकाभर कार्य समिति बिस्तार गरिने बताईएको छ । बिशेष गरी नेपाली युवाहरु विदेशीने क्रमसंगै हाल अमेरीकामा पनि गोरखालीहरुको संख्या बढ्दै गइरहेको छ । बिदेशीएका नेपालीहरुलाई सांगठनिक रुपमा लोकतन्त्रवादी आम नेपालीहरुलाई संगठित गर्ने उदेश्यका साथ अझ मजबुत समिती गठन गरिएको छ ।
नेपाली कांग्रेस गोरखाको माताहतमा रहि ,संग-संगै समन्वय गरी विभिन्न सामाजिक कार्यमा पनि सहयोग गर्ने उदेश्य रहेको छ । साथै अमेरिकामा रहेका हरेक नेपालीको सु:ख दु:खमा हालेमालो गर्ने उदेश्यको साथ समिती गठन गरिएको संयोजक विश्व भट्टले बताउनु भयो ।
भट्टले संस्थालाई कानुनी रुपामा विधिवत ढङ्गले अगाडि बढाउन दर्ता प्रक्रिया र कार्य-समिति चयन चाडै गर्ने बताउनु भयो । अमेरिकामा छरिएर रहेका करिब ३ सय गोर्खाली सम्पर्कमा आइसकेका छन् । संस्थाले गोर्खा जिल्लामा शैक्षिक र सामाजिक काममा सहयोग गर्ने पहिलो लक्ष्य लिएर अगाडी बढ्ने उहाले बताउनु भयो । कार्यक्रममा दुर्गा दाहाल, चन्द्र धिताल, पूर्ण शेर्पा, उत्तम कार्की, सुरेशराज भट्ट, मणि नेपाली पनेरु, पूर्ण बानियाँ, हरि भट्ट, लक्ष्मी कार्की, लक्ष्मी खरेल लगायतको उपस्थिति रहेको थियो ।
