२०८० मंसिर २१ गते | 7th of December 2023

टेक्सासको लवकमा रक्तदान कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर ९ गते २:०९

टेक्सास – टेक्सासको लवकमा १६ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । व्लड डोनर्स अमेरिका अन्तर्गत टेक्सासले लवकस्थित युनाइटेड व्लड सर्भिसेसमा आयोजना गरेको उक्त कार्यक्रममा ९ जनाले रक्तदान गरेको जानकारी व्लड डोनर्स अफ अमेरिकाका कार्यकारी उपाध्यक्ष रेशम घर्तिले जानकारी दिए । यसपटक रक्तदान गर्नेहरूमा मेघनाथ पराजुली, व्लड डोनर्स अमेरिकाका कार्यकारी उपाध्यक्ष रेशम घर्ति, नेपाल अमेरिका पत्रकार संघका निवर्तमान अध्यक्ष भोला आचार्य, आयोजक संस्थाका टेक्सास संयोजन कमिटिका सदस्य प्रेम श्रेष्ठ, लवक नेपाली समाजका सचिब शर्मिला पराजुली, डा. प्रकाश श्रेष्ठ, महेश अधिकारी, संजित आचार्य, ईश्वर श्रेष्ठ र वियान्का भेगस रहेका छन् ।

“डोनेट व्लड सेभ लाईफ” उदेश्य वोकेको यस कार्यक्रममा (एसोसिएशन अफ एग्रिकल्चरल प्रोफेसनल अफ अमेरिका), स्थानिय नेपालीहरूको प्रतिनिधिमूलक संस्था लवक नेपाली समाज र टेक्सास टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संगठन नेपाली विद्यार्थी संगठन टेक्सास टेकले हातेमालो गरेका थिए । नापाका प्रतिनिधी समेत रहेका प्रो डा मेघनाथ पराजुलीले लवकमा वस्ने नेपालीहरूको संख्या कम भएकोले यो कार्यक्रममा पनि रक्तदान गर्नेहरूको संख्या कम लाग्न सक्छ तर यो आफैमा प्रतिनिधिमूलक महान पवित्र कार्य भएको वताए । रक्तदान आफैमा अमूल्य पवित्र कार्य हो जसलाई सात समुद्रपारी बसेर पनि नेपालीहरूले आयोजना गर्नु गौरवको विषय रहेको प्रो डा पराजुली वताउछन् । लवकमा डेढसय नेपालीहरू वसोवास गरिरहेको लवक नेपाली समाजका संस्थापक अध्यक्ष समेत रहेका आयोजक संस्था व्लड डोनर्स अफ अमेरिकाका कार्यकारी उपाध्यक्ष घर्तिले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *