२०८३ असोज १७ गते | 3rd of October 2026

अठार करोडको सवारी

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १० गते ३:५२

– सौरभ बानियाँ

गरिब देश, गरिब जनता अनि गरिब छ सरकार

भोको देश, भोको जनता अनि भोकै छ सरकार

अनि तै बिलासिता को भोक मेट्न होला

सरकार भिख माग्दै छ

थोरै तिनो होइन करोडौ चाहिएको छ

किनभने भिख नै मागेर भएनी

१८– करोड सवारी चल्दै छ

अब छिट्टै भूकम्पले ढालेका

संरचना उठ्ने पक्का भाको छ

बाडीले बगाएका घर खेत फर्किने छ

अनि काठमाडौँ बाट धुलोमांडू बनको

राजधानी फेरि उही सुन्दर सहर बन्दै छ

किनभने मेरो देशको राष्ट्र–प्रमुखको

१८– करोडको सवारी चल्दै छ

चेपांगका घर –घरमा औषधि

सित्तैमा बाडिदै छ

राउटेको बस्तिमा हरेक

घरको छानो टालिदै छ

अनि मुशहर हरुले अब

नि; शुल्क कापी कलम पाएका छन्

अनि रोल्पाका हरेक

बाटो हरु चिल्लो बन्दै छन्

किनभने अब ति बाटोहरुमा

१८–करोडको सवारी चल्दै  छ

जनतालाई मारेर जनप्रतिनिधी

बनेकाहरु एकपटक सोच

तिमि सत्तामा सुबिधा लिन

पुगेकोकि सुबिधा दिन

आफ्नो गास काटेर पनि

तिमीहरुलाइ पालेका छन् जनता ले

अब तिनकै आगाडी

विलाशीको भिख नमाग

निमुखाको आवाज बन बरु

जनता को घांटी ननिमोठ

अनि १८–करोड गाडी को साटो

३–करोड नेपालीको हाँसो बन्न खो

Leave a Reply

Your email address will not be published. Required fields are marked *