काठमाडौं – ‘मिस नेपाल–२०१८’ श्रृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’को भोटिङमा एक नम्बरमा कायम छिन् । भोटिङका लागि दिएको समय सकिनै लाग्दा श्रृंखला प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/30594386_621137724888059_7912174679810126078_n.jpg?_nc_cat=111&_nc_ht=scontent-sjc3-1.xx&oh=451b3a70fde0a0baa85b2727a59ea702&oe=5CA8E4F8)
‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुनेछ । प्रतियोगिका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ । भोटिङमा अहिलेसम्म श्रृंखला ३७.०४ प्रतिशत भोट ल्याएर सबैभन्दा अगाडि छिन् ।![Image may contain: 1 person, smiling, closeup](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/30652380_621327854869046_68153767482191411_n.jpg?_nc_cat=110&_nc_ht=scontent-sjc3-1.xx&oh=282426d4a651df67dc6aab1c64e61c3f&oe=5C6565DA)
मंगोलियाकी सुन्दरीले १०.७६, भारतीकी सुन्दरीले ६.९४, काजकिस्तानकी सुन्दरीले ६.०१ प्रतिशत मत प्राप्त गरेका छन् । श्रंखलाले अन्तिम समयसम्म पनि आफ्नो अग्रता कायम राखिन् भने उनले मल्टिमिडया अवार्ड भने पाउने छिन् । त्यसपछि उनी आफैँले प्रतिस्पर्धीलाई पछि पार्नुपर्नेछ ।![Image may contain: 1 person, closeup](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/30698530_622262641442234_1893645661040993286_n.jpg?_nc_cat=106&_nc_ht=scontent-sjc3-1.xx&oh=83969a291679f01b4456d2f70f9cf2fb&oe=5C711F99)
सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा उनको भोट काउन्ट भइरहेको छ । यस्तै फेसबुकमा गएर लाइक, कमेन्ट र सेयर गरेको खण्डमा पनि भोट काउन्ट हुन्छ । भोटिङका लागि खुला गरिएको समय भोलि (बुधबार) सकिँदैछ ।![Image may contain: 1 person, smiling, standing, tree and outdoor](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/30629013_621142608220904_6941306033477196836_n.jpg?_nc_cat=100&_nc_ht=scontent-sjc3-1.xx&oh=cc076a7cf4160240636f4a9e43071b5b&oe=5CAD950B)
विश्वका १२१ देशका सुन्दरीहरु प्रतियोगितामा सहभागी छन् । श्रृंखलाले सामाजिक सञ्जालबाट आफूलाई भोट गर्न आग्रह गरेकी छन्। जतिसक्दो धेरै आफ्ना तस्बिरमा लाइक, कमेन्ट र सेयर गर्न उनले आग्रह गरेकी छन् ।![Image may contain: 1 person, smiling, standing and indoor](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/30629744_621157398219425_1376281711066724892_n.jpg?_nc_cat=111&_nc_ht=scontent-sjc3-1.xx&oh=f01cf55779923e8c36da4dc258264f61&oe=5C749BD0)
उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी थिइन् । उनले आफ्नो भिडियोमा आफूलाई भन्दा पनि नेपालको सुन्दरतालाई देखाएकी छन् । उनले बौद्ध स्तुपदेखि सगरमाथासम्मलाई भिडियोमा समावेश गरेकी छन् ।![Image may contain: 1 person, sitting, sky, outdoor and nature](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/30628977_621287778206387_1022704625044826126_n.jpg?_nc_cat=105&_nc_ht=scontent-sjc3-1.xx&oh=3e88a02d5196f9e1cbf253d8d97c597a&oe=5C773F2A)