काठमान्डौं – झण्डै चार वर्षदेखि सक्रिय राजनीतिमा नरहेका नेपाली कांग्रेसका नेता नरहरि आचार्य राजनीतिक दस्तावेज लेखनमा जुटेका छन् । आसन्न महासमिति बैठकमा पेश गरिने राजनीतिक प्रस्ताव लेख्न कांग्रेसले उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा समिति बनाएको छ । सातै प्रदेशमा कार्यक्रम गरेर सुझाव संकलन गरेको समिति अहिले मस्यौदा बनाउन जुटेको छ । समितिका एक सदस्यका अनुसार समितिले आन्तरिक रुपमा राजनीतिक प्रस्ताव लेखनको जिम्मा आचार्यलाई दिएको छ, जसमा कांग्रेस समर्थक बुद्धिजिवीहरु छन् । ‘उहाँ केन्द्रीय कार्यसमिति बैठकमा केहीबेर बसेर फर्किहाल्नुहुन्थ्यो’ उनले भने, ‘तर, अहिले राजनीतिक प्रस्ताव लेखनकै नेतृत्व गर्दै हुनुहुन्छ ।’ २०७२ साल माघमा तत्कालिन सभापति सुशील कोइरालाको निधन भएको दिनमा उनलाई टाउकोमा समस्या भएपछि न्युरो अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यसपछि उनी पहिलेझैं राजनीतिमा सक्रिय हुन सकेका थिएनन् ।![](http://www.khullaManch.com/wp-content/uploads/2018/01/nepali-congress-flag.jpg.jpeg)
विधानबारे केन्द्रीय समितिमा छलफल सुरु :
यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमितिमा बिहीबारदेखि विधान मस्यौदा समितिको प्रस्तावमाथि छलफल सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकको सुरुमा विधान मस्यौदा समितिका सदस्यद्वय नविन्द्रराज जोशी र प्रदीप पौडेलले आफ्नो फरक मतको ब्याख्या गरे । पौडेल र जोशीले पदाधिकारी संख्या बढाउनुपर्ने, पार्टी सभापतिले १५ प्रतिशत मात्र केन्द्रीय सदस्य मनोनित गर्नुपर्नेलगायतका फरक मतको ब्याख्या गरेका छन् ।![Image result for narahari acharya](http://narahariacharya.com/wp-content/uploads/2013/10/narahari-acharya-slider-image-5.jpg)
समितिको मुल प्रस्तावमा पदाधिकारी संख्या र निर्वाचन पद्धति हालकै कायम राख्ने उल्लेख छ । लगतै दिलेन्द्रप्रसाद बढू, रामशरण महत र महेश आचार्यले आआफ्नो धारणा राखेका छन् । बढूले मूल प्रस्तावको समर्थन गरेका छन् भने महतले पदाधिकारी संख्या बढाउनु पर्ने र सबै निर्वाचित हुनुपर्ने मत राखे । साथै सभापतिले १० प्रतिशत मात्र केन्द्रीय सदस्य मनोनित गर्ने प्रबन्ध गर्नुपर्ने उनको धारणा छ ।![Image result for narahari acharya](https://www.montagna.tv/cms/wp-content/uploads/2013/10/narhari-acharya-poll-campaigning.jpg?x30733)
अर्का केन्द्रीय सदस्य आचार्यले विधानमा धेरै हेरफेर गरेर विवाद बढाउनेतर्फ नलाग्न सुझाए । विधानको पालना गर्नेतर्फ लाग्न सभापतिलाई सुझाव दिए । बैठक भोलि पनि बस्नेछ ।