जयतु संस्कृतम् नेपाल तथा विश्व अध्यात्म केन्द्र अमेरिकाको आयोजनामा न्यूयोर्कको हिक्सभिल स्थित आशामाई हिन्दु मन्दिरमा संस्तृत भाषा वांमयसम्बन्धी अन्तर्क्रिया कार्यक्रम बुधवार सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका वाणिज्यदूत कृष्ण सुवेदी (कृसु क्षेत्री) ले नेपाललाई संस्कृत अध्ययन-अनुसन्धानको केन्द्र बनाउनुपर्ने बताउँदै नयाँ पुस्तालाई संस्कृत भषासाहित्यको ज्ञान दिन जयतु संस्कृतम् संस्था नेतृत्वदायी भूमिकाका साथ कम्मर कसेर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा जयतु संस्कृतम् नेपालका अध्यक्ष डा. बद्री पाख्रेलले संस्कृत ग्रन्थ प्रकाशन, जयतु संस्कृतम् पुरस्कार वितरण, संस्कृत संभाषण शिविर, प्रभात-फेरी, उत्तरमहाभारत ग्रन्थ रचना आदि संस्थाले गरिआएका गतिविधि तथा भावी योजना प्रकाश पार्दै विश्व संस्कृत सम्मेलन नेपालमा आयोजना गर्न नेपाल संस्कृत विश्वविद्यालयसँग मिलेर तयारी प्रारम्भ गरिएको समेत बताउनुभयो। डा पाखरेलले जयतु संस्कृतम् संस्थाकको शाखा अमेरिकामा समेत खोलेर कार्य गर्ने योजना रहेको विचार व्यक्त गर्नुभयो।
ज्फलित ज्यातिषाचार्य श्रीहरि कँडेलद्वारा मंगलाचरण तथा मन्तव्य अनि स्मृति, गीता, रिया र निश्कर्षद्वारा राष्ट्रिय गानका साथ शुभारम्भ भएको समारोहमा आशामाई मन्दिरका अध्यक्ष सेनापति लुण्ड तथा आचार्य गोकुल सापकोटाले स्वागत गर्नुभएको थियो।
समारोहमा सामाजिक अभियान्ता सुबी सापकोटा, रक्तदान अभियान्ता अर्जुन मैनाली, भाषाविद् सुरेन सापकोटा, गुरु विष्णु सापकोटा, समाजसेवी दुर्गेश कार्की, लंआइल्यान्ड नेपाली समाजका अध्यक्ष टीका ढकाल, जनसम्पर्क समिति लंगआइल्यान्ड च्याप्टरका सभापति विश्व बास्तोला, एनआरएनए एनसीसी अमेरिका न्यूयार्क च्याप्टरका सचिव महेश खड्का, डा हरि दाहाल लगायतका वक्ताहरुले संस्कृत भाषाको प्रचार, संस्कृत र जीवन उपयोगी अध्यात्म चिन्तन तथा विज्ञान, जयतु संस्कृतम् संस्थाको गतिविधि, संस्कृत शिक्षा र नेपालको पर्यटन विकास, नेपाली कला, साहित्य, संस्कार, चाडवर्व, नैतिक शिक्षालगायतका क्षेत्रमा संस्कृत भाषाको महत्व तथा चुनौति आदि अनेक विषयमा धारणा राख्नुभएको थियो।
कार्यक्रममा जयतु संस्कृतम् संस्थाका सदस्य सचिव डा नवराज कट्टेल तथा एनआरएनए एनसीसी अमेरिकाका सचिव होमनाथ गौतमले पठाउनुभएको शुभकामना सन्देश सुनाइएको थियो।
विश्व अध्यात्म केन्द्र अमेरिकाका संयोजक दर्शनाचार्य पीपलमणि सिग्देलले संचालन गर्नुभएको कार्यक्रमको सभापतित्व वाल्मीकि विद्यापीठका पूर्व उपप्राध्यापक डिल्लीराम आचार्यले गर्नुभएको थियो। 
सभापतिको आसनबाट बोल्दै संस्कृत भाषाको विश्वव्यापी महत्व रहेको बताउँदै व्यवस्थापनमा सहयोग गर्नुहुने प्रतिमा खनाल सिग्देल, पुनम शाह तथा देबकी सापकोटालाई विशेष धन्यवाद दिनुभएको थियो। कार्यक्रममा रक्तदाता अर्जुन मैनलीले संस्कृत भाषामा पुस्तक प्रकाशन गर्न सहयोग स्वरुप संस्थालाई नेपाली रुपैयाँ ११००० सहयोग समेत गर्नुभयो।