लस एन्जलस – विश्व प्रसिद्ध परमाहंस नित्यानद स्वामीज्यूका चेलाहरू लस एन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आउने भएका छन् । विश्व भ्रमणमा निस्केको उक्त टोलीको लसएन्जलसको नेपालीहरूको मन्दिरमा पनि आउने भएका हुन् । नेपालीहरूको लामो समय सम्मको अथक प्रयास पछि निर्मित यो मन्दिरको स्थापनामा खुशी व्यक्त गर्दै भगवान शिवजीको दर्शनार्थ पनि त्यहां पुग्ने चाहना देखाएका हुन् ।![Image may contain: 4 people, people smiling, text](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/46655056_1440756692724697_1267741609814917120_n.jpg?_nc_cat=102&_nc_ht=scontent-sjc3-1.xx&oh=19b6053d582bc65ad6aee0c0a87ac862&oe=5C9E66ED)
उक्त भ्रमण टोलीमा महायोगिनी, महायोगी तथा बालयोगी तथा बालयोगिनीहरु गरी ५ जना को उपस्थिति रहने छ । सो अवसरमा आफ्ना दुवै आँखामा पट्टी बाँधेर पनि अरूसँग भएको कुराहरू तेस्रो आँखाले देख्न सक्ने र पढ्न सक्ने क्षमताको प्रदर्शन गर्ने भएका छन् । हरेक व्यक्तिमा निहित उक्त तेस्रो आँखाको शक्तिलाई आध्यात्मिक चिन्तन र साधनाद्वारा सक्रिय पार्न सकिने कुरामा स्पष्ट परिने भएको छ । पहिलोचोटि यस्ता अन्तर्राष्ट्रिय स्तरका योगीहरूको आगमनले आफू हर्षित बनेको कुरा संस्थाका नव निर्वाचित अध्यक्ष गोकुल पौडेलले बताए ।![Image may contain: 1 person, smiling, indoor](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/47127681_1444942698972763_7141010310789332992_n.jpg?_nc_cat=104&_nc_eui2=AeEOb3GebkbAU8DnqTMKhhjdeD6MZCl5AelerP5X1T_MismHgLphfjEOFEAf0lTw2Ek4YAB_XhU69PwBTF-fG6yRzdT3q38L8r3DYeUaCnf3NQ&_nc_ht=scontent-sjc3-1.xx&oh=f667da5bb8ce47167ed08bce7c866708&oe=5C6B7498)
स्रोत : बिआरटीनेपाल