२०८० मंसिर २१ गते | 7th of December 2023

महिला हिंसाको समस्या चुनौतिपूर्ण – सचिव ठाकुर

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर २२ गते ११:३३

काठमान्डौं – राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले स्थानीय तह अझै बलियो नभएकाले महिलाका समस्या ठोस रुपमा समाधान हुन नसकेको बताउनु भएको छ । राजधानीको गोकणेश्वर नगरपालिकामा आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिला अधिकार तथा लैङ्गिक हिंसा विषयक सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै सचिव ठाकुरले व्यवहारिक रुपमा स्थानीय तह शशक्त हुन अझै केही समय लाग्ने बताउनुभयो । दिगो सम्मुनतिका लागि सवलीकरण नामक संस्थाले गरेको कार्यक्रममा सचिव ठाकुरले अत्यन्त चुनौतिपूर्ण समस्याको रुपमा देखा परेको महिला हिंसा अन्त्य गर्न सबैको सहयोग जरुरी भएको बताउनुभयो ।

महिला विरुद्ध कुनै हिंसा भएमा आयोगको हटलाइन ११४५ मा सम्पर्क गरेमा अत्यावश्यक सहयोग उपलब्ध गराइने जानकारी पनि सचिव ठाकुरले दिनुभयो । वरिष्ठ अधिवक्ता समेत रहनु भएकी आयोजक संस्थाकी अध्यक्ष साधना श्रेष्ठले महिलाहरु आफ्नो खुट्टामा उठन नसक्दा सम्म महिलामाथि हिंसा भइरहने बताउनुभयो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्यालले महिला हिंसा अन्त्यका लागि आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । आयोजक संस्थाका महासचिव निता ढुंगानाले संस्थाको गतिविधिबारे जानकारी दिनु भएको थियो भने शान्ति वैकल्पिक महिला विद्यालयको तर्फबाट शान्ति श्रेष्ठले महिला शशक्तिकरणको आवश्यकता बारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *