२०८१ वैशाख १५ गते | 27th of April 2024

निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप अस्विकार्य – मन्त्री महासेठ

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर २२ गते ११:४०

काठमान्डौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप अस्विकार्य भएको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघले एघारौं राष्ट्रिय निर्माण दिवसको अवसरमा शनिवार विहान राजधानीमा गरेको प्रभातफेरि कार्यक्रममा मन्त्री महासेठले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताउनु भएको हो । देश बनाउने जिम्मेवारी निर्माण व्यवसायी कै हो भन्दै मन्त्री महासेठले पूर्ण शक्तिका साथ देश निर्माणमा जुट्न व्यवासायीलाई अनुरोध गर्नुभयो । “विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भए होेलान्, अब त्यस्ता त्यस्ता कमी कमजोरी सच्चाएर अघि बढ्नुको विकल्प छैन” मन्त्री महासेठले भन्नुभयो । २०५२ साल देखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी पनि मन्त्री महासेठले दिनुभयो ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन महासंघको वर्तमान नेतृत्व क्रियाशील रहेको बताउनुभयो । अहिलेको सरकारको नारा समृद्ध नेपाल सुखी नेपालीलाई साकार बनाउन महासंघ प्रतिबद्ध रहेको भन्दै अध्यक्ष सिंहले निर्माण मैत्री वातावरण अहिलेको आवश्यकता भएको बताउनुभयो । महासंघका उपाध्यक्ष आङ दोर्जी लामा(एडी)ले भौतिक पूर्वाधारको निर्माण विना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभयो । महासंघका महासचिव रोशन दाहालले सरकार र व्यवसायीबीचको सहकार्यबाट मात्र निर्माण क्षेत्रको विकास हुने बताउनुभयो । उपमहासचिव टंकप्रसाद चौलागाईले व्यवसायीले निर्माण दिवसको महत्वमाथि प्रकाश पार्नु भएको थियो । सोही अवसरमा मन्त्री महासेठले महासंघको मुखपत्र “निर्माण समाचारको” विमोचन गर्नुभयो । प्रभातिफेरि त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै अनामनगरस्थित महासंघको सचिवलाय आएर टुंगिएको थियो ।

महासंघ सचिवालयमा रक्तदान
एघारौं राष्ट्रिय निर्माण दिवसकै अवसरमा शनिवार अनामनगरस्थित महासंघको सचिवालयमा रक्तदान कार्यक्रम गरियो । देशभर रगतको अभाव रहेको अवस्थामा सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम गरिएको महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरीले जानकारी दिनुभयो । सो अवसरमा निर्माण व्यवसायी तथा अन्य सर्वसाधारण गरी ५० जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई महासंघका अध्यक्ष रवि सिंह, पूर्व अध्यक्ष तथा सल्लाहकार रमेश शर्मा लगायतले प्रमाणपत्र वितरण गर्नुभयो ।

कृष्ण मन्दिर परिसरमा दीप प्रज्वलन
एघारौं राष्ट्रिय निर्माण दिवसकै अवसरमा शनिवार पाटन स्थित कृष्ण मन्दिर परिसरमा दिप प्रज्वलन गरिएको छ । ललितपुर जिल्ला निर्माण व्यवसायी संघको आयोजनामा दीप प्रज्वलन गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *