लस एन्जलस – ग्रेटर लस एन्जलसको चर्चित सामुदायिक संस्था नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाको भेलाले बिमल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
संस्कृतिविद सत्यमोहन जोशीको सम्मान देखी म्ह पूजा, ईन्द्र जात्रा जस्ता सांस्कृतिक एवम धार्मिक कार्यक्रमहरुलाई साउदर्न क्यालिफोर्नियामा निरन्तरता दिंदै आएको नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाको हिजोको भेलाले नयाँ कार्यसमितिको चयन गरेको हो ।
नव-गठित कार्यसमिति यस प्रकार रहेको छ :
बिमल श्रेष्ठ – अध्यक्ष
नारायण श्रेष्ठ – उपाध्यक्ष
अमित भक्त श्रेष्ठ – महासचिव
सुरेश श्रेष्ठ – कोशाध्यक्ष
रविन श्रेष्ठ – सदस्य
कन्हैया श्रेष्ठ – सदस्य
ई-कुमार श्रेष्ठ – सदस्य
समर श्रेष्ठ – सदस्य
धिरेन श्रेष्ठ – सदस्य
राजेन्द्र प्रधान – सदस्य र
सुमित्रा मानन्धर – सदस्य रहेका छन ।
दुर्गालाल श्रेष्ठ – निवर्तमान अध्यक्ष
वेदभक्त जोशी – सल्लाहकार
कन्हैया कायस्थ – सल्लाहकार
नरेव्न्द्र जोशी – सल्लाहकार
दिलबहादुर श्रेष्ठ – सल्लाहकार र
सुबर्णा जोशी सल्लाहकार रहेका छन ।
आफ्नो स्थापना कालदेखी यस ग्रेटर लस एन्जलस क्षेत्रमा निरन्तर ‘रक्तदान जीवनदान’ कार्यक्रम संचालन गर्दै आईरहेको नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्निया आफुले आयोजना गर्ने कार्यक्रमहरुको ब्यबस्थापकीय चुस्तता, टीम वोर्क र पारदर्शिताले चर्चित छ । नव गठित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमाया शुभकामना !