२०८१ साउन १२ गते | 27th of July 2024

पोखरामा एमालेको अग्रता चुलिँदै (कसको कति सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १० गते ३:२०

प्रकाश ढकाल
पोखरा, १० जेठ ।
मंगलबारसम्म पोखरा लेखनाथ महानगरपालिकाको करिब ६० प्रतिशत मतगणना सकिएको छ । ३३ वडा रहेको महानगरमा १ सातासम्म मुश्किलले २० वडाको गणना सकियो । प्राप्त नतिजा अनुसार महानगरको प्रमुख र उपप्रमुख पदमा एमाले उम्मेदवार निकै अगाडी पुगिसकेका छन् । गणना सुरु भएदेखि नै अगाडी रहेको एमालेले पछिल्ला वडाहरुबाट मतान्तर धेरै फरक पारिसकेको छ । मेयर पदमा एमालेका मान बहादुर जिसी नजिकका प्रतिश्पर्धी भन्दा ६ हजार बढी मतले अगाडी छन् । २० वडासम्म जिसीले ३३ हजार २ सय ३७ मत पाएका छन् भने निकटतम प्रतिश्पर्धी काँग्रेस उम्मेदवार रामजी कुवँरले २७ हजार २ सय ७६ मतका साथ पछ्याईरहेका छन् । त्यसपछिको लाईनमा छन्, संघीय समाजबादी पार्टीका उम्मेदवार हुम तमु र राप्रपाकी उम्मेदवार गीता गुरुङ । तमुको २ हजार २ सय २ मत छ भने गुरुङले १ हजार ७ सय १७ मत पाएकी छन् ।
उपमेयरमा पनि एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ६ हजार बढी मतले अग्रता लिएकी छिन् । निकटतम प्रतिद्धन्द्धी सरस्वति गुरुङलाई पछि पार्दै उनले २० वटा वडाबाट ३१ हजार ७ सय ७० मत पाईन् । काँग्रेसबाट उम्मेदवार बनेकी सरस्वतीको २५ हजार ७ सय ५८ मत छ । माओबादी केन्द्रकी गोमा ढकाल, राप्रपाका रमेश खत्री, स्वतन्त्र उम्मेदवार सिरोज कोइराला र नयाँ शक्ति पार्टीकी लक्ष्मी खाती क्रमश पछाडी छन् । ढकालले हालसम्म ४ हजार २ सय ४४ मत ल्याएकी छिन् भने खत्रीको भागमा २ हजार १ सय ९३ मत छ । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका कोइरालाले उपप्रमुखका दावेदार ६ जनालाई पछि पार्दै पाँचौं बनेका छन् । उनले हालसम्म १ हजार ७ सय ६० मत पाए भने नयाँ शक्ति पार्टीकी खातीले ८ सय ३८ मत पाएकी छिन् । ३१ बैशाखको चुनाव पछि जेठ १ गतेदेखि गणना थालिएको हो । यद्यपी वडा नम्बर १७ मा फरक प्रकृतिको स्वस्तिक छाप भेटिएपछि दुईदिन गणना हुन सकेन । महानगरमा अहिलेसम्म २७ हजार ५ सय ९१ मत बदर भएको छ ।
वडातहमा पनि एमालेको उपस्थिती बलियो बन्दै गएको छ । मतगणना भएका वडामध्ये बहुमत वडाहरु एमालेको पकडमा छ । एमालेले १२ वडामा जित्दा काँग्रेस मुश्किलले ८ वडामा बिजयी भएको छ । मंगलबार मतगणना भएका सबै वडामा एमालेको प्यानल बिजयी भयो । महानगरको १७ नम्बर वडाको अध्यक्षमा एमालेका उम्मेदवार तीर्थराज अधिकारीले काँग्रेसका उम्मेदवार पुण्डरी प्रसाद बराललाई १ हजार २ सय ६३ मतान्तरले पराजीत गरे । अधिकारीको ३ हजार ४६ मत आउँदा बरालले १ हजार ७ सय ६३ मत मात्रै पाए । वडा सदस्यमा खुलातर्फ बैकुण्ठ भण्डारी र शान्तादेवी गुरुङ, महिला सदस्यमा राधिका कुमारी शाही तथा दलित महिला सदस्यमा तारा परियार बिजयी भएका छन् ।
वडा नम्बर १८ मा पनि नेकपा एमालेको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा रण बहादुर थापाले निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार भरत बहादुर थापालाई ७ सय ८ मतान्तरले पराजीत गरे । रणबहादुरको १ हजार ६ सय ७९ मत आउँदा भरतले ९ सय ७१ म्त पाए । महिला सदस्यमा भोजकुमारी थापा, दलित महिला सदस्यमा सरला नेपाली, खुल्ला सदस्यमा हरी लम्साल र ज्ञान बहादुर थापा बिजयी भएका छन् ।
१९ नम्बर वडामा एमालेका शोभामोहन पौडेल वडाध्यक्षमा बिजयी भए । पौडेलले निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका उमेद्वार पुष्पेन्द्र पाण्डेलाई ५ सय २३ मतले हराए । पौडेलको २ हजार ४ सय २३ मत आउँदा पाण्डेले १ हजार ९ सय ६० मत मात्रै पाए । खुला सदस्यमा कोमल प्रसाद शर्मा बास्तोला, कृष्ण प्रसाद गौतम, महिला सदस्यमा कोपिला केसी र दलित महिला सदस्यमा तारा नेपालीले जित हात पारिन् ।
वडा नम्बर २० को वडाध्यक्षमा एमाले उम्मेदवार सिम गुरुङ बिजयी भएका छन् । गुरुङले काँग्रेसका उम्मेदवार महेन्द्र अधिकारीलाई ५ सय ९२ मतान्तरले पराजीत गरेका हुन् । गुरुङको १ सय २ सय २३ मत आउँदा अधिकारीले ६ सय ३१ मत मात्रै पाए । वडा सदस्यमा पनि एमालेको प्यानल बिजयी भएको छ । खुला सदस्य तर्फ भीम प्रसाद बास्तोला, मोती प्रसाद पौडेल, महिला सदस्यमा लक्ष्मीदेवी सुवेदी र दलित महिला सदस्यमा मन्बुजा विक बिजयी भईन् । २१ देखि २५ नम्बर वडासम्मको मतगणना चलिरहेको छ ।

१ देखि २० नम्बर वडासम्मको मतपरिणाम

वडा नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
८३१ ८४६ १०६५ १०५४
८२८ ७५९ ६८० ६१७
९२७ ८८३ ७५५ ६५०
८७२ ६६३ ५७४ ४८६
११६८ १०२३ १८२३ १७८०
१६७६ १११८ १२५३ १३४९
१०२८ ९३४ १३७३ १३५२
१६३८ १५७२ १८४० १८०१
१३०३ ११३५ १०४९ ९६८
१० १२३८ १३६८ १२५९ ११५५
११ १७१४ १७२९ १७२३ १५११
१२ ८५३ ९१७ १२४५ ९४७
१३ १६८० १९५१ २४५१ २३८४
१४ १५२० १५२८ २१५० १८५६
१५ १७४३ १६४० २०५२ २०३८
१६ २५७५ २५२६ ३३७० ३२०७
१७ १९८५ १७९४ ३०१४ २९८७
१८ ११३३ १०३२ १७२१ १६५९
१९ १८२९ १६८५ २७०० २६४५
२० ७३५ ६५५ ११४० १३०१
जम्मा २७२७६ २५७५८ ३३२३७ ३१७७०

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *