२०८२ चैत ३ गते | 17th of March 2026

नेपालमा पुस्तकालय निर्माणका लागि अमेरिकाको टेक्सासमा ‘गाला डिनर’

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर २४ गते १६:२०

डालास – नेपालको चितवनमा भब्य पुस्तकालय निर्माण गर्ने उद्धेश्य लिएर काम गरिरहेको नेपाल जर्नीले शनिबार साँझ ड्यालसमा गाला डिनरको आयोजना गरेको थियो । ड्यालसको नेपाली समुदायका अग्रणीहरुको उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा चितवनमा बनाउन लागिएको पुस्तकालायको नक्सा र योजना समेत प्रस्तुत गरिएको थियो । सुविधा सम्पन्न, अपाङ्गमैत्री पुस्तकालय बनाउने योजनामा आर्थिक संकलन गर्न गरिएको गाला डिनर कार्यक्रममा उपस्थित सबैले योजनाको प्रशंसा गरेका थिए ।

कार्यक्रमको शुरुमा पेशाले नर्स रहेकी नेपाल जर्नीकी मौसमी श्रेष्ठले सन् २०१५ मा नेपालमा गएको भुकम्पमा परेकाहरुलाई राहत संकलन गर्न थालनी गरेको जर्नी कसरी यहाँसम्म आइपुग्यो भन्ने बारेमा प्रस्तुति दिएकी थिइन् । श्रेष्ठका अनुसार नेपाल जर्नीले हरेक वर्ष नेपालमा नयाँ रचनात्मक कार्यक्रम गर्ने उद्वेश्यले गाला डिनर आयोजना गर्दै आएको छ् । श्रेष्ठले नेपाल जर्नी आफुले शूरु गरे पनि सबैको साझा यात्रा हो भन्दै सबैलाई हातेमालो गर्न आब्हान गरेकी थिईन् ।

कार्यक्रममा बिषेश क्षमताकी चेली बुना दाहालले दृष्टिबिहिन भएको हुँदा तत्कालिन समयमा नेपालमा आफ्ना लागि पुस्तकालय नभएको स्मरण गर्दै मौषमी अगुवाईमा भएको नेपाल जर्नीले सबैलाई मिल्ने पुस्तकालय बनाउने योजना गरेकोमा खुशी व्यक्त गरिन् । कार्यक्रमको प्रमुख अतिथी टेक्सस हाउस अफ रिप्रजेन्टेटिभकी सदस्य टेरी मेजाले नेपाल जर्नीले गरेको कामको प्रशंसा गर्दैै सफलताको शुभकामना दिएकी थिईन् । त्यस अवसरमा एनआरएनका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाह, टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेल, नेपाली समाजका महासचिव भक्त भण्डारी, व्यबसायी पासाङ लामा लगायतले नेपाल जर्नीका यात्राका बारेमा चर्चा गरेका थिए ।

नेपाली मञ्जुश्री नाच, ड्यालस ट्याप ड्याजलर टीमले अंग्रेजी ट्याप नाच समेत प्रस्तुत गरेको कार्यक्रममा नेपाल जर्नीका लागि पुस्तक संकलन गरेर सहयोग गरेकोमा बालिका श्रीयम जोशीलाई ‘हिरो अफ दी नेपाल जर्नी’ उपाधी प्रदान गरिएको थियो । सामान्यतया हुने नेपाली कार्यक्रम भन्दा व्यबस्थित रुपमा सञ्चालन भएको कार्यक्रममा सहभागीहरुले मनोरञ्जन लिएका थिए । कार्यक्रमको सञ्चालन कृतना बाँस्कोटा र रोधन पोखरेलले गरेका थिए भने दोस्रो शत्रको डिजेका रुपमा सुशान्तले प्रस्तुती दिएका थिए । गत वर्षको गाला डिनरबाट वचत भएको २६ हजार ६ सय ६० डलरमा यस वर्षको समेत जोडेर नेपालमा पुस्तकालय निर्माणको लागि पठाउने तयारी नेपाल जर्नीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *