लस एन्जलस – एनडब्ल्युजिएन – लस एन्जलस (NWGN – LOS ANGELES) द्दारा च्याप्टरले क्रिसमस तथा अंग्रेजी नव-बर्ष २०१९ को उपलक्ष्यमा लस एन्जलसमा बनभोज कार्यक्रमको आयोजना गर्दैछ । क्रिसमसको दिन डिसेम्बर २५ तारिख मंगलवारका दिन संस्थाले आयोजना गर्ने बनभोज कार्यक्रममा सांस्कृतिक, खेलकुद लगायत अन्य बिभिन्न कार्यक्रहरु समावेश गरिएको संस्थाकी अध्यक्ष अमृता गैरेले बताईन ।
एनडब्ल्यूजीएन – लस एन्जलस च्याप्टरको सकृयतामा भित्र्याईएको ‘पन्चे बाजा’ सम्मिलित कार्यक्रम पनि यस बनभोजमा समावेश गरिने अध्यक्ष गैरेले जनाएकी छन । ‘क्रिसमसको उत्सवमा आयोजित बनभोजमा सहभागी भई महिलाहरुको यो प्रयासमा हातेमालो जनाईदिनिहुन ग्रेटर लस एन्जलस क्षेत्रमा रहनुभएका सम्पूर्ण संस्थाहरु, प्रमुख एवम प्रतिनिधिहरु, पत्रकारहरु लगायत स्थानइी बुवा-आमा, दाजु-भाई तथा दिदी-बहिनीहरुमा बिनम्र अनुरोध गर्दछौं,’ अध्यक्ष गैरेले बताईन ।

कार्यक्रम :
मिती : December 25, 2018, Tuesday
स्थान : 19211 Studebaker Road, Cerritos, California 90703
समय : 9 : 00 AM – 6 : 00 PM