अमेरिका – अमेरिका रहेर पनि निरन्तर साहित्य, संगित र सिर्जनामा तल्लिन गीतकार तथा साहित्यकार मणी भट्टराईको अर्को गिती प्रस्तुती ‘फुलको आफ्नो कथा’ बजारमा आएको छ । नेपाली सुगम संगितका सिद्ध-हस्त गायक तथा संगितकारहरुसंग काम गर्दै आईरहेका गीतकार भट्टराईका सांगितिक कोशेलीहरु यथार्थपरक लाग्दछन ।
‘सिर्जनालाई कर्तब्य सम्झने प्रयत्न गरेको छु । प्रवासमा बचेँको समय दुनियाँको कुरा काटेर बिताउनुभन्दा सकेको सिर्जना गर्नु असल लाग्दछ,’ साहित्यकार भट्टराई बताउंछन ।
गायक रामकृष्ण ढकाल तथा संगितकार बिबी अनुरागीको संगितमा सजिएको भट्टराईको यो सिर्जना यहाँ सुन्नुहोस् :