पोखरा, १० जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २३ को वडाध्यक्षमा काँग्रेस उम्मेदवार बिष्णु प्रसाद पराजुली बिजयी भएका छन् । पराजुलीले एमाले उम्मेदवार दाम बहादुर विकलाई २ सय ५७ मतान्तरले पराजीत गरेका हुन् ।
पराजुलीको १ हजार ५८ मत आउँदा बिकले ८ सय १ मत मात्रै पाए । वडा सदस्यमा पनि काँग्रेसको प्यानल बिजयी भएको छ । खुला सदस्य तर्फ भरत भण्डारी, दुर्गा बहादुर घले, महिला सदस्यमा गीता कुमारी क्षत्री र दलित महिला सदस्यमा यमकुमारी सुनार बिजयी भएका छन् ।