काठमाण्डौं – नेपाली कांग्रेसको जारी महासमिति वैठकमा गैर आवासीय नेपालीको विषयले प्रवेश पाएको छ । अमेरिका लगायत विभिन्न देशमा रहेको नेपाली कांग्रेसको जनसम्पर्क समितिका नेताहरुले महासमिति सदस्यको रुपमा महासमिति वैठकमा सहभागिता जनाएका छन् । अमेरिकाका जनसम्पर्कका नेताहरु आनन्द विष्ट, विष्णु सुवेदी, हरीबोल भण्डारी लगायतको सहभागिता वैठकमा रहेको छ । ![](https://external-sjc3-1.xx.fbcdn.net/safe_image.php?d=AQB1d7H8V--PxjpG&w=540&h=282&url=http%3A%2F%2Fharekkhabar.com%2Fwp-content%2Fuploads%2F2018%2F12%2Fharibol.jpg&cfs=1&upscale=1&fallback=news_d_placeholder_publisher&_nc_hash=AQDPDXmk9D-d9aS-)
महासमिति वैठकमा सहभागी नेता हरी बोल भण्डारीले गैर आवासीय नेपालीको सन्दर्भमा कांग्रेस लचिलो बन्नुपर्ने बताएका हुन् । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सल्लाहकार समेत रहेका उनले कांग्रेसकैं सरकार रहेको समयमा गैर आवासीय नेपालीलाई दोहोरो नागरिकताको कानुनत: व्यवस्था गरिएको स्मरण गर्दै गैर आवासीय नेपालीको सन्दर्भमा कांग्रेसले फराकिलो मन बनाउनुपर्ने बताए । उनले कांग्रेसले विधानमा समेत गैर आवासीय नेपाली र जनसम्पर्कका सन्दर्भमा सरल र खुल्ला व्यवस्था अपनाउन सुझाव दिए । ![सवैंलाई जयविर र चिन्तन देख्नुहोस्: नेता भण्डारी](https://vishwanews.com/img/news/20181219085702_haribol.jpg)
कांग्रेस पार्टीको स्थापना समेत देश वाहिर भएको स्मरण गर्दै उनले कांग्रेस सधैं खुल्ला व्यवस्थामा विश्वास गर्ने भएकाले महासमिति वैठकले विधानलाई जटिल नवनाउने पक्षमा उभिएर निर्णय गर्ने आशय उनको थियो । एक अर्को प्रसङ्गमा नेता भण्डारीले अहिले स्थानीय देखि संघीय सरकार समेत कम्युनिष्ट रहेको सन्दर्भमा अव कांग्रेस झन् आफूलाई एकतावद्ध गराएर जनतामाझ जानुपर्ने बताए । ![](http://www.khullaManch.com/wp-content/uploads/2018/01/nepali-congress-flag.jpg.jpeg)
उनले अहिले समूह समूहमा विभाजित हुनु कांग्रेसको लागि घातक हुने भन्दैं मिलेर अघि बढ्न नेतृत्वसँग आग्रह गरे । उनले सवैं महासमिति सदस्य देखि कार्यकर्तालाई जयविर देउवा (सभापति देउवाका छोरा) र चिन्तन पौडेल(नेता पौडेलका छोरा)को रुपमा हेर्न सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष आग्रह गर्दै यसो हुन सक्दा गुटवन्दी अन्त्य हुने जनाए ।
https://www.facebook.com/upindra.karki/videos/2475994292474361/