काठमाडौं – नेपालको सर्वाधिक लोकप्रिय सांगितिक रियालिटी शो नेपाल आईडल सिजन-२ को बिजेता रवी ओड भएका छन । निकै चासोका साथ हेरिएको सिजन–२ नेपाल आइडलको विजेता रवि सुदुरपश्चिमको धनगढीबाट यो यात्रामा लागेका थिए । । उनले रु. २२ लाख र विजेताको गोल्डेन माइक र होन्डाको कार पुरस्कार पाएका छन् ।![Image may contain: 5 people, people smiling, people standing](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/48360538_355227325255645_3042359815201357824_n.jpg?_nc_cat=106&_nc_ht=scontent-sjc3-1.xx&oh=dd7829d79ec8ddf14f97e623a89f42b6&oe=5CD1EA54)
टुहुरा, अत्यन्तै गरीब, गुजारा चलाऊन म्यादी प्रहरीदेखी अनेकन दु:ख गरेका ओडलाई उनको गरीबी र संगित्प्रतिको समर्पण र लगावलाई साथ दिन देश बिदेश्बाट हजारौं समर्थकहरु भोटिङ्गका लागि लागिपरेका थिए ।![Image may contain: 2 people](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/48387156_355227228588988_6599439987307970560_n.jpg?_nc_cat=102&_nc_ht=scontent-sjc3-1.xx&oh=64b22fe601fce6bc0c230f872ebee060&oe=5CA1D708)
यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।![](https://ratopati.prixa.net/media/albums/rabi_Dfl4Ijz10Z.jpg)
त्यसैगरी दोस्रो संस्करणको नेपाल आईडलमा एक्ली महिला प्रतिस्पर्धी अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् । अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए । ![Image may contain: 1 person](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/48397833_355227195255658_3138244315839463424_n.jpg?_nc_cat=105&_nc_ht=scontent-sjc3-1.xx&oh=6f4b7efc3b23b6c078275e225f387306&oe=5C8B291B)
![Image may contain: 3 people](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/48397560_355227391922305_6708215381313454080_n.jpg?_nc_cat=107&_nc_ht=scontent-sjc3-1.xx&oh=5689a3ad473acac9fec4be5f5cac33dc&oe=5CD45750)