पोखरा, १० जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर २५ मा एमाले प्यानल बिजयी भएको छ । वडाध्यक्षमा शोभाकर तिम्सीनाले काँग्रेस उम्मेदवार दान बहादुर थापालाई ६ सय ७२ मतान्तरले पराजीत गरे । तिम्सीनाको २ हजार १ सय ६५ मत छ भने थापाको १ हजार ४ सय ९३ मत छ ।
वडा सदस्यमा दल बहादुर कुँवर, जीत बहादुर कार्की, महिला सदस्यमा लक्ष्मी अधिकारी र दलित महिला सदस्यमा तारा विश्वकर्मा बिजयी भएका छन् ।