२०८२ मंसिर २७ गते | 12th of December 2025

न्यूयोर्कमा धादिङ नेपाली समाज, अमेरिकाले रक्तदान कार्यक्रम गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष ७ गते ४:३६

न्यूयोर्क – सन २०१७ मा तदर्थ समिती गठन भएर २०१८ को अक्टोवर ०७ मा प्रथम अधिबेसनबाट निर्वाचित नयाँ कार्यसमितीले पहिलो काम मानविय सेवाबाट सुभारम्भ गर्ने उद्देश्य अनुरूप रक्तदान कार्यक्रमको आयोजना गरेको हो ! यस अघिपनि बिभिन्न सामाजिक कार्य गर्दै आफ्नो सहभागितालाई तिब्रता दिदै आइरहेको सामाजिक संस्था ‘धादिङ नेपाली समाज’ले रक्तदान नै जीवनदान हो भन्ने मुल नारा लिएर आउँदो डिसेम्बर २३ तारिख बिहान १० बजेदेखि ५ बजेसम्म एल्महर्स्ट हस्पिटल्, ब्लड डोनर रूम डि १–१०१ कुइन्समा रक्तदान कार्यक्रमको आयोजना गरेको हो !

धादिङमा जन्मेका र धदिङमा स्थायी घर भएका अनि प्रबासमा बिभिन्न कार्य गर्दै आइरहेका नेपालीहरुलाई एउटै मालामा समेट्ने साझा अभियान स्वरुप धादिङ नेपाली समाजको स्थापना भएको हो ! यो संस्थाले प्रबासका दाजुभाइ तथा दिदीबहिनीहरुलाई समेट्ने र जन्मभुमि धादिङ जिल्लामा उदाहरणिय काम गर्ने उद्देश्य राखेको बर्तमान अध्यक्ष दिवाकर पाण्डेले बताउनुभयो ! बिगतदेखि नै आपत बिपतमा परेका नेपालीहरुलाई आफुले सक्दो सहयोग गर्दै आइरहेको समाजले ठुला कुरा, योजना र सपना भन्दापनि अर्थपूर्ण र सक्ने कामलाई प्राथमिकतामा राखेको अध्यक्ष पाण्डेले प्रस्ट पार्नुभयो !

२०१७ मा स्थापना भएको धादिङ नेपाली समाज विशुद्ध सामाजिक संस्था हो। धादिङ नेपाली समाज अमेरिकाले आफ्नो पहिलो शुभकार्यको थालनी नै रक्तदान जस्तो पबित्र कार्यबाट सुरु गरेकोमा सबैले गौरबको अनुभुति गरेका छन्। यस पवित्र कार्यमा समस्त नेपाली तथा नेपाली मुलका अमेरिकिहरुलाई समाजले सहभागि हुन हार्दिक अपिल गरेको छ ! रक्तदानपछि चाडै नै समाजले गर्ने आगामी कार्यक्रम सार्वजनिक गरिने समेत अध्यक्ष पाण्डेले बताउनुभयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *