२०८१ वैशाख १६ गते | 28th of April 2024

रेडक्रसको क्षमता अभिवृद्धि तथा कार्ययोजना निर्माण अभिमुखीकरण

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष १४ गते १७:१२

सिन्धुली – नेपाल रेडक्रस सोसाइटीले सिन्धुलीमा क्षमता अभिवृद्धि तथा कार्ययोजना निर्माण अभिमुखीकरण सम्पन्न गरेको छ ।
हिजो र आज दुई दिन जिल्लाको संरक्षण, लैङ्गिकता तथा समावेशीकरण उपसमिति र उपशाखा पदाधिकारी, सदस्य र आजीवन सदस्यहरूलाई छुट्टाछुट्टै गरेर अभिमुखीकरण गरिएको हो ।

महिला सशक्तिकरण, बाल संरक्षण, अपाङ्गता समावेशी र हिंसा रोकथाम तथा प्रतिकार्यमा सशक्त रूपमा कार्य गर्न उपसमिति तथा उपशाखाहरूको क्षमता अभिवृद्धि गर्ने तथा ती गतिविधिहरू सञ्चालनमा लागि कार्ययोजना निर्माणमा सहयोग पुर्याउने उद्धेश्यले अभिमुखीकरणको आयोजना गरिएको हो ।

कार्यक्रममा सिन्धुली जिल्ला शाखा संरक्षण, लैङ्गिकता तथा समावेशीकरण उपसमितिका संयोजक तथा सदस्यहरू तथा कमलामाई नगरपालिका ७ बुद्धनगर उपशाखाका पदाधिकारी, सदस्य र आजीवन सदस्यहरू गरी ३० जनाको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र अष्ट्रेलियन रेडक्रसको सहयोगमा भूकम्प प्रतिकार्यअन्तर्गत संरक्षण, लैङ्गिकता तथा समावेशीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *