लस एन्जलस – चर्चित कानुन ब्यवसायी बाशु फुलारा अध्यागमन अन्तर्कृयाको लागि भोली लस एन्जलस आउंदैछन । लस एन्जलसमा भोली आयोजना हुने खुल्लामन्चको आठौं वार्षिकोत्सव कार्यक्रममा उत्सव, अध्यागमन कानुनको अन्तर्कृया र सांगितिक सांझको त्रिवेणी समेटिंदैछ । न्यूयोर्कलाई आधार मानेर कानुनी सेवा प्रदान गराउंदै आएका अधिवक्ता बाशु फुलारासंग वार्षिकोत्सव कार्यक्रममा ‘अध्यागमन कानुन, समस्या र समाधान’ को बारेमा अन्तर्कृया हुनेछ ।
महावाणिज्यदुत ॠषि ढकालको प्रमुख आतिथ्यता तथा ल एन्जलस समाजका अग्रणी वेदभक्त जोशीको सभापतित्वमा आयोजना हुने कार्यक्रममा चर्चित लोक गायक रामप्रसाद खनालसंगको सांगितिक सांझमा खनालद्दारा बिभिन्न लोक गीतहरुको प्रस्तुती रहनेछ भने स्थानिय कलाकारहरुको प्रस्तुती पनि समावेश गरिएको छ ।
कार्यक्रममा अधिवक्ता बाशु फुलारा, गायक रामप्रसाद खनालका साथमा नेजाका सभापती सुदिप पन्त, एनआरएन, अनेसास, जनसंपर्क समिती, प्रवासी मन्च लगायतका बिभिन्न संस्थामा लस एन्जलसबाट केन्द्रिय नेत्रित्वमा हुनुहुने पदाधिकारीहरु, महासचिव किरण मरहट्ठा, यू स्टार्ट एगैनका प्रस्तोता पत्रकार सुर्य थापा, पत्रकारहरु तोया दाहाल, पत्रकार कृष्ण केसी, ध्रुव कुंवर, लस एन्जलसका सम्पूर्ण संघ-संस्था, प्रमुखहरु, प्रतिनिधीहरु, सामाजिक अभियान्ताहरु, पत्रकारहरु, सामुदायिक सदस्यहरु, सान-फ्रान्सिस्कोबाट समाजसेवी उत्तम कार्की लगायतका अभियान्ताहरुको सहभागीता रहनेछ ।
बेलुकी ७:०० बजे शुरु हुने कार्यक्रममा आर्टेसिया नगरको तारा हिमालयन कुजिनमा आयोजना हुनेछ । नि:शुल्क प्रवेश सहित रात्रीभोजको ब्यबस्था समेत गरिएको खुल्लामन्च डट कमको आठौं वार्षिकोत्सव तथा नव बर्ष २०१९ को शुभकामना कार्यक्रमका लागि खबर पाउनेहुने वा नपाउनुहुने सबैलाई पून: यसै सुचनालाई निम्तो मानेर उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुन बिनम्र अनुरोध गर्दछौं ।