लस एन्जलस – लसएन्जलस स्थित श्रीपशुपतिनाथ फाउन्डेशनद्दारा संचालित पशुपतिनाथ तथा बुद्ध मन्दिरलाई अमेरिकामा नेपालीहरुद्दारा खोलिएको चर्चित कम्पनी सगुनले एक लाख डलर बराबरको शेयर दिने जनाएको छ । ![](http://www.myrepublica.com/uploads/media/sagoon%20dec%2018.jpg)
श्रीपशुपतिनाथ फ़ाउन्डेशनका नव-निर्वाचित अध्यक्ष गोकुल पौड्यालले सगुनमा गर्नुभएको पचास हज़ार डलर बराबरको शेयर रकम बापत अध्यक्ष पौड्यालले लगानी गर्नुभएको रकमको दोब्बर (एक लाख डलर) को शेयर फ़ाउन्डेशनलाई प्रदान गर्ने घोषणा सगुनले जनाएको छ ।
सगुनले अध्यक्ष पौड्याललाई दिएको पत्र :![Image may contain: text](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/48971574_1468641026602930_4887638740937211904_n.png?_nc_cat=110&_nc_ht=scontent-sjc3-1.xx&oh=7b591b7655b4bbd56d187b1cea03c6a2&oe=5C91890E)
केही हप्ता अघि मात्र अर्को चर्चित प्रविधी कम्पनी माईक्रोसफ्टले फाउन्डेशनलाई आफ्नो कम्पनीको ‘च्यारिटी संस्था’ को रुपमा नामाकिंत गरेको थियो ।![](http://pashupatinathfoundation.org/wp-content/uploads/2014/12/49A7205c.jpg)