२०८० मंसिर २१ गते | 7th of December 2023

जनवरी २० मा लस एन्जलसमा ल्होछार सांस्कृतिक सांझ

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष १८ गते १३:३५

लस एन्जलस – जनवरी २० तारिखका दिन लस एन्जलसमा सकृय सामुदायिक संस्था गुरुङ्ग समाज, लस एन्जलसले नयाँ बर्ष २०१९ तथा ल्होछारको
अवसर पारेर सांस्कृतिक सांझको आयोजना गरेको छ ।Image result for shila ale

आर्टेसिया नगरको स्थानिय ‘तारा हिमालयन कुजिन’ मा आयोजना हुन गईरहेको बिशेष सांस्कृतिक कार्यक्रममा नेपाली लोक संगीतकी चर्चित गायिका शिला आले र कलाकार तथा नर्तकी मिरा गुरुङ्गको साथमा स्थानिय कलाकारहरुको प्रस्तुतीहरुलाई समेटिएको संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ्गले जनाएका छन ।

के हो ल्होछार ?

‘ल्हो’को अर्थ साल,सम्वत् वा वर्ष हो भने ‘छार’ को अर्थ नयाँ हो । अर्थात् ल्होछारको अर्थ ‘नयाँ वर्ष’ हो । तामाङहरु ल्हो लाई वर्ग पनि भन्दछन् । ल्हो बाह्रवटा हुन्छन् अर्थात् यसलाई ‘ल्होखोर च्युङी’ भनिन्छ । विभिन्न पशुपंक्षीको नामवाट ‘ल्हो’ को नाम राखिएको हुन्छ । बाह्र ‘ल्हो’ मध्ये प्रत्येक वर्ष एक–एकवटा ‘ल्हो’ फेरिन्छ । यही ‘ल्हो’ फेरिने दिनलाई तामाङ भाषामा ‘ल्होछार’ भनिन्छ । यो पर्व तामाङहरुले आफ्नो धार्मिक एवं साँस्कृतिक परम्परा अनुसार लगातार १५ दिनसम्म नै मनाउँदछन् ।

Image result for gurung lhosar

संसारभर खास गरेर मंगोल मूलका देशहरुमा यसैदिनदेखि “ल्होछार” पर्व वडा हर्षेाल्लासकासाथ धुमधामले मनाइन्छ । उनीहरु यसलाई बसन्त उत्सवका रुपमा पनि मनाउँदछन् । त्यसैले ‘माघ शुक्ल प्रतिपदाका दिन’ मनाइने ‘ल्होछार’ ‘अन्तर्राष्ट्रिय ल्होछार’ पनि हो । तामाङ जातिको यो महान् ल्होछार पर्व प्रत्येक वर्ष खे्रला छेपा–गी अर्थात् चन्द्र माघ महिनाको माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने गरिन्छ ।

गुरुङ जातिको धर्म, संस्कृती तथा संस्कारको जगेर्ना गरौं भन्ने मुल नाराका साथ मनाईने ल्होछार गुरुङ जातिले विभिन्न १२ वटा जीव जन्तुहरुको चक्रलाई आधार मानेर हरेक वर्ष पुस १५ को दिन ल्होछार मनाईने गारिन्छ । ल्हो को अर्थ वर्ग र छार को अर्थ नयाँ हुने भएकाले ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *