२०८१ वैशाख १५ गते | 27th of April 2024

अमेरिकाको क्यालिफोर्नियामा पृथ्वी जयन्ती तथा एकता दिवस मनाईंदै

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष १९ गते १७:०८

सान्-फ्रान्सिस्को – आगामी जनवरी १२ मा अमेरिकाको क्यालिफोर्नियामा नेपालका राष्ट्र निर्माता पृथ्वी नारायण शाह को २९६ औँ जन्म जयन्ती तथा राष्ट्रिय एक्ता दिवस मनाउन एक मूल समारोह समिती गठन भएको छ।

प्रिन्स युवराज कार्की उक्त कार्यक्रमको संयोजक रहेको र सो मूल समारोह समितिमा सामाजिक अगुवाहरु अनिल पाण्डे ,उत्तम क़ार्कि,चन्द्र धिताल, यज्ञ प्रसाद नेपाल तथा मणी नेपाली पनेरु रहनु भएको छ।

‘वीर पुर्खाहरुको सम्मान गरौँ’ भन्ने नाराका साथ सम्पन्न हुन लागेको सो कार्यक्रम मदरल्यान्ड नेपाल, पश्चिम अमेरिका नेपाली महासंघ, नेपाल विश्व सहयोग संघ तथा लायन्स क्लब अफ सान लियान्ड्रो मनकामना प्रमुख आयोजक रहेका छन भने उत्तर क्यालिफोर्नियाका बिभिन्न संघ संस्थाहरु को सहभागीता रहेको छ।

Image may contain: 1 person, standing, sunglasses and outdoor

बिभिन्न कार्यक्रमका साथ मनाइने सो समारोह समितिका संयोजक प्रिन्स युवराज कार्किले कार्यक्रम भव्य र सभ्य हुने विश्वास व्यक्त गर्दै सम्पूर्णलाई सकृय सहभागीताको आव्हान गर्नु भयो। धितालले राष्ट्र निर्माता भनेको कुनै बर्ग वा दल बिशेषको पेवा नभई सबैको साझा पिता भएकोले सबैले सम्मान गर्न पर्ने बताउनु भयो। 

आयोजकहरुले कार्यक्रमहरुको तयारी पूरा भईसकेको र सो कार्यक्रमलाई अझ सहभागीतामूलक र प्रतिनिधिमुलक बनाउन गृहकार्य भईरहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *